लोकसेवा आयोगले आशा र भरोसाको केन्द्रका रुपमा जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ : उपराष्ट्रपति यादव

लोकसेवा आयोगले आशा र भरोसाको केन्द्रका रुपमा जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ : उपराष्ट्रपति यादव

213

काठमाडौँ, १ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगले आशा र भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताएका छन् ।

आज लोकसेवा आयोगको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भूमिका खेल्नुपर्ने बताए ।

उनले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताए । उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको भन्दै आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले कर्मचारी छनोट,भर्ना प्रक्रियाको परीक्षण विधिहरुमा समय सापेक्ष सुधार गर्न जरुरी भएको उल्लेख गरे ।

तपाईको बिचार