‘नीरफूल’ अव कोरियामा पनि प्रदर्शन हुने

‘नीरफूल’ अव कोरियामा पनि प्रदर्शन हुने

131

काठमाडौँ, १ असार । फूलमान वलको निर्देशनमा रहेको फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ ।

२६ जेठबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘नीरफूल’ दक्षिण कोरियाको विभिन्न सहरमा प्रदर्शन गर्नेगरी धनजित वाइबाको समूहले किनेको हो । बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको निर्देशक वलले जनाए ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरूले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको वलले बताए ।

तपाईको बिचार