७५ हजार घुससहित वडा सचिव अख्तियारको नियन्त्रणमा

७५ हजार घुससहित वडा सचिव अख्तियारको नियन्त्रणमा

493

जनकपुरधाम, ३१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।

आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले धनुषाको नगराईन नगरपालिका २ का वडा सचिव अमृत झालाई बुधबार घुससहित नियन्त्रणमा लिएको हो ।

झालाई सेवाग्राहीसँग घुस वापत लिएको ७५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।

तपाईको बिचार