काठमाडौँ महानगरपालिकाले तोड्यो दुई वटा स्कुलमा लगाइएको ताला

काठमाडौँ महानगरपालिकाले तोड्यो दुई वटा स्कुलमा लगाइएको ताला

781

काठमाडौँ, ३० जेठ । काठमाडौँ महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ ।

महानगरपालिकाले सानो भर्‍याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्वविय क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । अनेरास्ववियू क्रान्तिकारीले दुई स्कुलमा ताला लगाएको खबर आएसँगै काठमाडौँले तत्काल एक्सन लिएको जनाएको छ ।

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले तालाबन्दी गरिएको खबर प्राप्त भएलगत्तै तत्काल एक्सन लिएर पठनपाठन सहज बनाइएको जानकारी दिए ।

मेयर शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताए । पढ्ने ठाउँमा ताला लगाएर  अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको शाहको भनाइ छ । ‘चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’, उनले भने ।   त्यसैले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइएको उनको भनाइ छ ।

तपाईको बिचार