सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सम्पन्न

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सम्पन्न

737

काठमाडौँ, ३० जेठ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ । बजेटबारे सत्ता गठबन्धनमा रहेका दलहरू आश्वस्त हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् । सोही क्रममा आइतबार र सोमबार दुवै दलका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् । सोमबार माधव नेपालसहितका समाजवादीका सांसदहरू बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर बजेट सच्चाउन आग्रह गरेका थिए ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै र सामूहिक छलफल थालेका हुन् । गठबन्धनमा रहेका एकीकृत समाजवादी र जसपाका नेताहरूले सार्वजनिक रूपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी नै दिएका छन् ।

तपाईको बिचार