मुलुक माछामा आत्मनिर्भर नजिक

मुलुक माछामा आत्मनिर्भर नजिक

761

बारा, ३० जेठ । मुलुकभरमा माछा उत्पादन ८१ प्रतिशत पुगेको छ ।

नेपाल मत्स्य व्यवसायी संघका अनुसार ०६९/ ७० मा प्राकृतिक जलाशय र मत्स्यपालन व्यवस्थापनबाट ४१ प्रतिशत माछा उत्पादन भएकोमा ०७३/७४ मा ६१ प्रतिशत पुगेको थियो । हाल माछाको उत्पादन ८१ प्रतिशत पुगेको हो ।

पछिल्लो समय मासुजन्य उत्पादन अन्तरगत माछाको खपत र प्रयोग बढेसँगै परम्परागत खेती छोडेर व्यवसायीक माछातर्फ किसान आकर्षित भएका कारण उत्पादकत्व वृद्धि भएको हो । बाँकीको १९ प्रतिशत माछा भारत लगाएतका मुलुकबाट आउने गरेको जिउँदो माछा व्यवसायी अध्यक्ष जंग बाहादुर साहले बताए ।

उनले माछामा नेपाल चाँडै निर्भर हुने बताउँदै पोषणयुक्त दानाको सहजता भए वार्षिक तीन पटकसम्म उत्पादन हुने माछा ४ पटक उत्पादन हुने र बढी तौलका उत्पादन भै किसान लाभाविन्त हुने बताए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

तपाईको बिचार