यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु

यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु

781

काठमाडौँ, ३० जेठ । दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।

व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको आफन्तले जनाएको छ ।

हिउँमा चिप्लिएर घाइते भएको उनको थप उपचारका लागि दार्चुलाबाट अन्यन्त्र लैजानेक्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो । जिल्ला अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो। त्यहाँ लैजादै गर्दा बाटोमै मृत्यु भएको उनका काका हर्क सिंह कार्कीले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर