बजेट हावादारी आयो, कार्यान्वयन हुन सक्दैन : उपाध्यक्ष पौडेल

बजेट हावादारी आयो, कार्यान्वयन हुन सक्दैन : उपाध्यक्ष पौडेल

371

काठमाडौँ, २९ जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट हावादारी भएका कार्यान्वयन हुन नसक्ने दावी गर्नुभएको छ ।

सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभएको हो । उहाँले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गर्नुभयो । त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको उहाँको भनाइ छ । उहाँले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको बताउनु भयो ।

तपाईको बिचार