ललितपुर जिल्ला कबड्डी संघको अध्यक्ष्यमा सुजन नगरकोटी निर्वाचित

ललितपुर जिल्ला कबड्डी संघको अध्यक्ष्यमा सुजन नगरकोटी निर्वाचित

695

ललितपुर। ललितपुर जिल्ला कबड्डी संघको प्रथम अधिबेशनबाट अध्यक्ष्य पदमा सुजन नगरकोटी सर्वसम्वत रुपमा निर्वाचित भएका छन् ।

जिल्ला खेलकुद विकास समितीको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिनोद महर्जन र अखिल नेपाल कबड्डी संघका महासचिव बिनोद प्रजापतिको उपस्थितीमा अधिबेशन सम्पन्न भएको थियो ।

जिल्ला विभिन्न पालिका बाट आएका प्रतिनिधिहरुले प्रथम अधिबेशनमा अन्य पदाधिकारीहरुलाई पनि सर्वसम्मत रुपमा चयन गरेका छन् ।
उपाध्यक्ष, सचिब, कोषाध्यक्षमा क्रमश आकाश महर्जन, राजमणी आचार्य, मनिष महर्जन सहित ११ सदस्य जिल्ला कार्यसमिती बनेको नव निवार्चित अध्यक्ष्य सुजन नगरकोटीले बताए ।

जिल्लामा कबड्डी खेललाई नया उचाईमा पुर्याउन बार्षिक तथा दिर्घकालिन योजना आफुसग रहेको बताउदै निर्वाचित अध्यक्ष नगरकोटीले भने, खेलमा परम्परागत प्रक्रिया सोच र बिचारलाई परास्त गरी नयाँ र बैज्ञानिक ढन्गबाट अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

अध्यक्ष नगरकोटीले कबड्डी खेल मात्र नभई जिल्ला तथा देशका सबै खेलकुद संघ हरुमा युवा पुस्ताहरुले नेतृत्व गरेर खेल विकासमा योगदान दिनुपर्ने बताए ।

त्यस्तै निर्वाचित पदाधिकारीलाई बधाई दिदै लामो समय कबडडी प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएका तर्कराज भट्टले खेलकुद विज्ञानमा स्नाकोतर गरेका उर्जावान युवा सुजन नगरकाटीले जिल्ला कबड्डी संघको नेतृत्व गरेको हुदा अब साच्चिनै खेलको विकासमा परिणाममुखी बिकास हुनेमा बिश्वास रहेको बताए ।

तपाईको बिचार