राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू प्रधानमन्त्री भए नेपालको सवै समस्या समाधान हुने झुठो दावी गर्न र नागरिकलाई भ्रममा पार्न माहिर खेलाडिका रुपमा देखिएका छन् । आफ्ना विरोधीहरुलाई थर्काउनु, धम्क्याउनु, हेप्नु उनको पहिचान नै बनेका छ । यसले देश बनाउने भयो भनेर विरोधीहरुलाई खपिनसक्नु भएको छ, भ्रटाचारीहरु मसँग थुरथुरी कापेका छन्, म सवलाई तह लगाइदिन्छु, म करोडौंको कमाइ छाडेर देश बनाउन आएको हुँ, मजस्तो जानेको यो दुनियाँमा कोही छैन, जस्ता अभिव्यक्ति रविका चुनावी फण्डाका रुपमा देखिएका छन् । जताबाट हेर्दा पनि र विश्लेषण गर्दा पनि रविहरुको उदय लोकतन्त्रका लागि, संघीयताको रक्षाका लागि, मुलुकको सार्वभौमिकताका लागि, सामाजिक न्याय र शान्तिका लागि, शुसान र कानुनी राज्यका लागि धेरै नै चुनौतिपूर्ण छ ।
“रवि लामिछाने कलियुगको भगवान हो, रविले ४० वटा विहे गरे पनि भोट हाल्छौँ । रविले मान्छे काटे पनि भोट हाल्छौं । रविको विरोध गर्नेलाई दक्षिणकालीमा लगेर काट्नुपर्छ ।” जस्ता अभिव्यक्तिहरु रविका समर्थकहरुबाट सामाजिक संजालमा आइरहेका छन् । समर्थकहरुका यस्ता अस्वभनीय अभिव्यक्तिमा रविको गहिरो स्वीकारयोक्ति देखिन्छ । उनी आफ्ना समर्थकहरुलाई म भगवान होइन भन्न सक्दैनन् । किनभने उनलाई आफू भगवान नै हुँ कि भन्ने भ्रम छ ।
हाम्रो संविधानले मानव बलिको कतै पनि परिकल्पना गरेको छैन । तर रविका समर्थकहरु खुलेआम मानव वलिको धम्कीपूर्ण र उत्तेजनापूर्ण अभिव्यक्ति दिदै हिडिरहेका छन् । यो अवस्था हुँदा पनि आज गृह प्रशासन के हेरेर बसेको छ ? निर्वाचन आयोग किन मौन छ ? रविमाथि प्रश्न गर्ने हिम्मत गरेका एकजना पसलले माथि रविले देखाएको रवैया निकै निन्दनीय घटना हो । के गरिब र निम्छराहरुले स्वाभिमानपूर्वक बाँच्न पाउँदैनन् ? के रविको यो हर्कत सम्पूर्ण चितवनबासीहरु माथिको अपमान होइन ? सम्पूर्ण गरिखानेहरुमाथिको अन्याय होइन ? प्रदिप गिरी आज हामीबीच हुनुहुन्न, उहाँ भन्नुहुन्थ्यो “नायक खोज्ने समाज अभागा समाज हो ।” नेपाली समाजले आजसम्म नायक खोज्दै हिड्यो र दुख पनि पाइरह्यो ।
रविले अहिलेसम्म देश बनाउने कार्यक्रम केही प्रस्तुत गरेका छैनन् । भ्रष्टाचारको अन्त्य गर्ने एउटै एजेन्डा उनको छ । तर उनकै पार्टीभित्र र रवि स्वयंमाथि पनि भ्रष्टाचारका सवालमा प्रश्नहरु उठिरहेका छन् । भ्रष्टाचार अन्त्य कसरी गर्ने रु उनी भन्दैछन् भ्रष्टाचार अन्त्यका लागि मलाई प्रधानमन्त्री बनाउनुपर्छ । म प्रधानमन्त्री भएँ भने देशको सम्पूर्ण समस्या एक चुट्कीमै खतम हुन्छ । तर म प्रधानमन्त्री बनिन भने देश ढुब्छ । रविका सम्पूर्ण अभिव्यक्ति हेर्दा देश बनाउने कुरा कतै भेटिन्न । भेटिन्छन् त आफू प्रधानमन्त्री बन्ने कुरा । उहाँका गफमा ठूलो संख्या मोहित देखिन्छन् । रवि प्रधानमन्त्री भएको दिन देशमा सबै ठिक हुन्छ । कसैले दुख गर्नुपर्दैन । कसैले रुनुपर्दैन । सबैलाई न्याय हुन्छ । देशमा राम्रैराम्रै हुन्छ । सारा नेपालीको मुक्ति हुन्छ । समर्थकहरु यसरी रविलाई हेरिरहेको देखिन्छ ।
रविका लागि यही उग्र र विवेकशून्य ब्लाइन्ड समर्थकहरु नै सबैभन्दा ठूलो चुनौति हो । विडडम्बनाको कुरा रविजी आफ्ना समर्थकहरुले भगवान भनेकोमै मख्ख छन् । आफ्ना समर्थकहरुले विरोधीहरुलाई काटेर भोग दिने भन्दै गरेका अभिव्यक्तिहरुमा, रवि आफ्ना समर्थकहरुले ४० वटी विहे गरेपनि हामी भोट उसैलाई दिन्छौ, रविले मान्छे काटे पनि भोट उसैलाई दिन्छौं भन्ने अभिव्यक्तिमा नैमत्त भएर असनको साढेझै डुकुर्दे हिडेका छन् । यी दृश्य निकै डरलाग्दो छ । यस्तो राजनीतिक बाटोले हामी कहाँ पुग्छौं, सोच्न आवश्यक भइसकेको छ । नेपाली जनता विगतदेखि नै इमोसनल व्ल्याकमेलमा पर्दै आएका छन्, तर चेतेका भने छैनन् । यसले मुलुकलाई अझ संकटमा र दुर्घटनामा लैजान्छ । नेपाली जनता अझै थप दुख पाउने बाटोमा छ ।
आज नेपालको राजनीतिले हल गर्नुपर्ने विषय भ्रष्टाचार मात्रै हो ? भ्रष्टाचार बढ्नुका पछाडि सयौ कारणहरु होलान नि रु त्यतातिर हाम्रो छलफल नै छैन । हाम्रो समाजाम हल गर्नुपर्ने थुपै विषयहरु छन् । आज शिक्षा र स्वास्थ्य क्षेत्रको निजिकरणले सामुदायिक विद्यालय र सरकारी अस्पतालको अवस्था निकै दयनीय छ । कसरी सामुदायिक शिक्षालाई सुधार्ने ? कसरी गुणस्तर शिक्षा सवैको पहुँचसम्म पुर्याउने रु गुणस्तीय र सर्वसुलभ स्वास्थ्यको व्यवस्था कसरी गर्ने रु त्यसका लागि कस्ता नीति, रणनीति र कार्यक्रम चाहिन्छ ? गरिबहरुले उपचार गर्न नसकेर कहिलेसम्म मरिरहनुपर्ने हो ? देशमा रोजगारी छैन, युवाहरु लाखौंको संख्यामा वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
रोजगारीको सिर्जना गर्ने कसरी हो रु हाम्रो खेतीयोग्य जमिन ४० प्रतिशतभन्दा धेरै बाँझो छ, त्यसलाई उर्वर बनाउने कसरी हो ? किसानले उत्पादन गरेको कृषि उपजले उचित मूल्यसहितको बजार पाउन सकेका छैनन्, त्यस्तो बजार कसरी बनाउन सकिन्छ रु राज्यको कृषि अनुदान गैर किसानको खल्तीमा गइरहेको छ, किसानको खेतबारीमा कसरी पुर्याउन सकिएला रु कृषि उपजको बृद्धि, प्रशोधन, औद्योगिकरण र बजारिकरण गर्ने नीति तथा कार्यक्रम कसरी निर्माण गर्ने रु कसरी कार्यान्वयन नर्गे ? यस्ता सवालहरुमा रास्वता र रविहरु केही बोल्दैनन् ।
आज पनि समाजमा जातका नाममा, लिंगका नाममा ठूलो विभेद छ, विभेद रहित समाज बनाउने नीति के हो रु देशमा धार्मिक विभेद छ । धार्मिक विभेदको समाधान गर्ने एजेन्डा ल्याउन छाडेर रविहरु चुनाव जित्न र प्रधानमन्त्री बन्ने सपना पुरा गर्न मन्दिरहरुमा भाकल गर्दै हिडेको देखिन्छ । के २१ औ शताब्दीको राजनीतिक पार्टीले एउटा धर्मको पक्षपोष गर्छ भने त्यसले न्याय दिनसक्छ ? के त्यो लोकतन्त्र हो ?
एकात्मक राज्यप्रणालीले नेपाली समाजको विविधतालाई समेट्नै सकेन भनेर मुलुकमा संघीयता ल्याइएको थियो । आज संघीयता धरापमा पर्दै गएको छ । तर संघीयताको विषयमा रविहरु केही बोल्दैनन् । हाम्रो देशमा जातीय, भाषिक, सांस्कृतिक र सामाजिक मूल्यमान्यतागत विविधता छ । यी विविधता हाम्रौ समृतिको एउटा आधार हो । यसमा रविहरुको कुनै धारणा नै देखिन्न । भ्रष्टाचार विरुद्धको एकसूत्रीय नाराले मात्रै देशको समस्या समाधान हुन सक्दैन । यहाँ आर्थिक उत्पीडन छ, जातीय उत्पीडन छ, भाषिक उत्पीन छ, लैंगिक उत्पीडन छ । यस्ता थुप्रै खाले उत्पीडनहरु छन् । यी सबैको उचित उपचार गर्ने नीति तथा कार्यक्रमसहितको राजनीतिक आन्दोलन आजको आवश्यकता नै हो, तर यस्ता समस्याहरुबाट रास्वपा र रविहरु निकै पर छन् ।
रविहरुको एजेण्डा भनेकै अहंकार, आक्रोश, कुण्ठा, निराशा, विरोध देखिन्छ । रवि जताततै देश जसरी पनि बनाउने भनिरहेका छन्, तर कसरी बनाउने कतै भनिरहको छैनन् । रविहरुको देश बनाउने कुरा फगत इमोशनल व्ल्याकमेलभन्दा बढी देखिन्न । त्यसमा रवि चतुर देखिएका छन् । जहिलेसम्म समाजले मुक्तिदाताका रुपमा भगवानहरु खोजिरहन्छन्, तबसम्म रविहरु भोलिका दिनमा पनि जन्मिरहन्छन् । मेरो नायक म आफै हुँ । देश र समाजका लागि म आफै गर्न सक्छु भन्ने तर्फ समाज नहिडेसम्म अर्थात् समाजलाई त्यो दिशामा नहिडाएसम्म, आम नागरिकको हित हुने आर्थिक मोडलको कायान्वयन नगरेसम्म आधारभूत रुपमा हाम्रो समाज फेरिँदैन, रविहरु आइरहन्छन्, गइरहन्छन् ।
तपाईको बिचार