खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ : प्रधानमन्त्री दाहाल

खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ : प्रधानमन्त्री दाहाल

105
nlntk’/, !^ kmfu’gM Rof;n /ªuzfnf pb3f6g ;df/f]x nlntk’/l:yt Rof;n /ªuzfnf pb3f6g ;df/f]xdf dªunaf/ ;xefuL x’g’ePsf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्ने बताउनुभएको छ । उहाँले खेलकुद क्षेत्रमा छुट्ट्याइँदै आएको बजेट  वृद्धि गर्ने बताउनुभयो ।

लितपुरको च्यासल रङ्गशालाको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले पूर्वाधार तथा खेलकुद कार्यक्रमका लागि हालको बजेटलाई गुणात्मक रुपले वृद्धि गरी आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

“पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुदलाई स्वाथ्यको लागि र राष्ट्रका लागि मात्रै हैन, अर्थतन्त्रका लागि, कूटनीतिका लागि, राजनीतिका लागि र अन्तर्राष्ट्रिय भाइचाराका लागि महत्व दिन आवश्यक ठानेर अगाडि बढेको थिएँ । दोस्रो कार्यकालमा प्रत्येक गाउँ र विद्यालयमा खेलकुदलाई संस्थागत गर्ने प्रयास गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिलेको कार्यकालमा पनि खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेको छु । मैले राजनीतिबाहेक खेलकुद र कलाकारितालाई अलि बढी नै महत्व र प्राथमिकता दिने गरेको छु । मेरो रुचिको क्षेत्र पनि हो ।”

प्रधानमन्त्री दाहालले पहिलोपटक प्रधानमन्त्री भएर अगाडि बढ्दा देशैभर खेलकुद क्षेत्रलाई संस्थागत गर्ने तथा देशव्यापी बनाउने कुरामा विशेष ध्यान दिएको र दशरथ रङ्गशालालाई पुनःनिर्माण गर्ने क्रममा चीन सरकारसँग कुरा गरेर विशेष योगदान गरेको स्मरण गर्नुभयो । उहाँले आफूले राजनीतिक जीवनको महत्वपूर्ण समय च्यासलमा बिताएको उल्लेख गर्दै च्यासल रङ्गशाला समुद्घाटन गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो ।

विसं २०७४ असार २२ गते निर्माण थालिएको उक्त रङ्गशाला २०७९ असोज २९ गते निर्माण सम्पन्न भएको राखेप सदस्य सचिव घिसिङले जानकारी दिनुभयो । परिषद्सँगको सम्झौताअनुसार डाँफे प्रेरणा प्रतिष्ठान जेभी कम्पनीले भ्याटबाहेक रु २८ करोड १६ हजारको लागतमा रङ्गशाला निर्माण सम्पन्न गरेको हो । तीनवटा प्यारापिट भएको सो रङ्गशाला छ हजार दुई सय जनासम्म अट्ने क्षमताको रहेको बताइएको छ ।

तपाईको बिचार