न्युयोर्कका मेयर एरिक एडम्स ‘नेपाली म्युजिक फेस्टिभलमा’

न्युयोर्कका मेयर एरिक एडम्स ‘नेपाली म्युजिक फेस्टिभलमा’

111

न्युयोर्क । अमेरिकाको न्यूयोर्क शहर स्थित ज्याक्सन हाइटमा गत हप्ता नेपाली संस्कृति र नेपाली समुदायको प्रवर्दनका लागी भन्दै पहिलो पटक ‘नेपाली साँगितिक महोत्सव’ सम्पन्न भएको छ।

इतना कार्की सहितको समुहको अग्रसरता तथा स्थानीय समुदाय तथा व्यवसायी अगुवाहरुको संयुक्त आयोजनामा भएको महोत्सवमा फिरोज स्याङ्देन, हरि कर्माचार्य, दीपेश किशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, विमल डाँगी, निशा सुनार लगायत झण्डै दुई दर्जन नेपाली गायक तथा नर्तकहरुको सांगीतिक प्रस्तुति रहेको थियो।

कार्यक्रम आयोजना स्थल डाइभर्सिटी प्लाजामा न्युयोर्कका मेयर एरिक एडम्स समेत सरिक रहेर साँगितिक प्रस्तुतकर्ता तथा स्थानिय नेपाली समुदायका ब्यक्तीहरुलाई भेट्नुका साथै मायाको चिनो हस्तान्तरण गरेका थिए। स्थानीय लेखा फर्मका सञ्चालक पशुपति श्रेष्ठ, राजेश हमाल, नवराज केसी र एतना कार्की समूहले उक्त महोत्सव आयोजना गरेका हुन्।

आयोजकका अनुसार उनीहरूले संगीत महोत्सवलाई वार्षिक कार्यक्रम बनाउने योजना तर्जुमा गरेका छन।

तपाईको बिचार