सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँ : स्वास्थ्य मन्त्री गिरी

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँ : स्वास्थ्य मन्त्री गिरी

647

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज पदभार सम्हाल्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिइसकेपछि मन्त्री गिरीले मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको हो ।

पदभार सम्हाल्दै उहाँले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उहाँले पहिलो निर्णय गर्नुभएको छ । अर्को उहाँले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गर्नुभएको हो ।

दुवै निर्णय स्वीकृत गर्दै उहाँले गरिब, विपन्न नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने मुख्य चुनौती रहेकाले सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने बताउनुभयो । उहाँले गाउँ र सहरमा एकै किसिमका सेवा उपलब्ध गराउने मापदण्ड सहयोगी बन्ने बताउनुभयो । मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने स्पष्ट गर्नुभयो ।

स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले पनि आजै पदभार ग्रहण गर्नुभएको छ । स्वास्थ्यमन्त्री गिरीसँगै राज्यमन्त्री डा कार्कीले पनि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड र राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गर्नुभएको हो ।

तपाईको बिचार