आज राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने, सरकार र आयोजकको आ¥आफ्नै तयारी

आज राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने, सरकार र आयोजकको आ¥आफ्नै तयारी

677

काठमाडौं ।राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको स्थापना तथा पक्राउ परेको आफ्न नेताको रिहाइका लागि आइतबार निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ। सो पार्टीले आइतबार निषेधित क्षेत्र तोड्दा आवश्यक परे सामूहिक गिरफ्तारी दिने तयारी गरेको छ। सरकारले पनि आइतबार हुने प्रदर्शनलाई ख्याल गर्दै उच्च सुरक्षा तयारी गरेको छ। सरकार र र राप्रपाको तयारी हेर्दा प्रहरी र प्रदर्शनकारी झड्प हुने संभावना बढेको छ।

 

राप्रपाले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएपछि प्रहरी परिचालन व्यापक बनाइने भएको छ ।काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार आइतबार बिहानैबाट निषेधित क्षेत्रको सुरक्षाका लागि प्रहरी तैनाथ हुँदैछन् ।’उनीहरूले तयारी गरेको समयअघि नै हाम्रो टोली पुग्छ’, उनले भने ।

केन्द्रीय प्रहरी स्रोतका अनुसार राप्रपाको कार्यक्रमलाई दृष्टिगत गर्दै आइतबार निषेधित क्षेत्रमा उपत्यकास्थित विभिन्न गण, गुल्मबाट प्रहरी परिचालन गरिने भएको छ । उनीहरूसँग म्याद नगुज्रिएको अश्रुग्याँस, प्लाष्टिकका गोली र वाटर क्यानल रहने स्रोतले जनायो ।

 

गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने गतिबिधि नगर्न राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई सचेत गराएको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति निकाल्दै निषेधित क्षेत्र तोड्ने कार्यगरे गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयले राप्रपाको त्यस्तो घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत सचेत गराएको छ।

गृहको बिज्ञप्तिमा भनिएको छः

राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२र०१र०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरुप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।

तपाईको बिचार