काठमाडौवासी मस्त निन्द्रामा भएको बेला शुक्रबार बिहानै भुकम्पको धक्का

काठमाडौवासी मस्त निन्द्रामा भएको बेला शुक्रबार बिहानै भुकम्पको धक्का

753

काठमाडौं । काठमाडौंमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ ।आज बिहान बिहान २ बजेर ५२ मिनेट जाँदा भुकम्प गएको हो ।का

काठमाडौंवासी ओछ्यानमै हुँदा हल्लाएपछि त्राश उत्पन्न भएको छ ।

अहिले मानिसहरू सडकमा निस्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ।

यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् । भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको बताइएको छ ।

यस्तै, भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।

तपाईको बिचार