भारतद्वारा पाकिस्तानमाथि आक्रमण, आक्रमणको कडा जवाफ दिने पाकिस्तानको चेतावनी

भारतद्वारा पाकिस्तानमाथि आक्रमण, आक्रमणको कडा जवाफ दिने पाकिस्तानको चेतावनी

687

काठमाडौं । भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । गत अप्रिलमा मुस्लिम आतंककारीहरूले काश्मिरमा २६ जना हिन्दूको हत्या गरेको घटनालाई लिएर भारतले पाकिस्तानमाथि हमला गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भूभागमा भारतले मिसाइल प्रहार गरेको छ । यसलाई अपरेसन सिन्दूर नाम दिइएको छ ।

पाकिस्तानले भारतबाट तीन मिसाइलहरू प्रहार भएको बताएको छ भने चाँडै यसको जवाफ दिने प्रतिबद्धता पनि जनाएको छ । भारतले भने आक्रमणको प्रकृतिबारे उल्लेख गरेको छैन । भारतीय सञ्चारमाध्यमले पाकिस्तानका ९ वटा आतंकवादी अड्डा भारतले ध्वस्त पारेको बताइरहेका छन् ।

भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानकब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो।

भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर(उत्तेजक’ भएको दाबी गरेको छ।

पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ।

पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’

पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ। रातभरको आक्रमणपछि, भारतीय सेनाले ‘न्याय भएको’ बताएको छ ।
भारतीय सेनाले भने आक्रमण् बारे जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन गर्ने जनाएको छ।

 

तपाईको बिचार