सबैतिर घेरावन्दीमा सरकार, कक्षा १२ को परीक्षा बैशख २१मा स¥यो , आन्दोलन अझै चर्कने संकेत

सबैतिर घेरावन्दीमा सरकार, कक्षा १२ को परीक्षा बैशख २१मा स¥यो , आन्दोलन अझै चर्कने संकेत

634

काठमाडौं ।काठमाडौं । वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो ।

उनका अनुसार ‘परीक्षा अहिलेलाई सार्ने निर्णय भएको छ । उनका अनुसार।  परीक्षा र्बैशाख २१ देखि हुने छ,

। ‘

आज बिहानमात्र परीक्षा बोर्डको बैठकले शिक्षक आन्दोलनका बाबजुद परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन गर्ने बताएको थियो । शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पमा पनि सरकारको तयारी थियो ।

२१ दिनदेखि शिक्षक र विद्यालयका कर्मचारीको आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएकी छन् ।
सोमबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । निजी विद्यालयमा पठनपाठन सुरु हुँदा शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा पढाइ सुरु हुन सकेको छैन ।

२० माघ, २०८१ देखि तेस्रो चरणको आन्दोलन घोषणा गरेका शिक्षकहरूले त्यसयताका दुई महिनाको अवधिमा आफ्नो मागबारे सरोकारवाला निकायलाई पटकपटक झक्झक्याएका थिए । उनीहरूले विभिन्न दलको कार्यालयमा गएर ज्ञापनपत्र बुझाए । शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा गएर आफ्नो माग अवगत गराए । माग नै सम्बोधन नगरेपछि राजधानी केन्द्रित आन्दोलन थाले ।

आफूहरूलाई संघीय तहअन्तर्गत राख्नुपर्ने शिक्षकको माग अहिलेको संवैधानिक दायराबाट सम्बोधन हुने देखिँदैन । संविधान संशोधनमार्फत मात्रै त्यो माग सम्बोधन हुन्छ । अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रियाका बारेमा राखेका कतिपय माग पनि गुणस्तरका लागि समान प्रतिस्पर्धा र त्यसबाट हुने छनोटको सिद्धान्त अनुकूल छैन ।

,

यसअघि दुईवटा सरकारले शिक्षकको माग सम्बोधन गर्ने आश्वासन दिएर सहमति गरेका थिए । प्रतिपक्षमा रहेका बेला एमाले अध्यक्ष ओलीले ‘गुरुहरू त्यतिकै देशभरिबाट आएर सडकमा आन्दोलन गरिरहेका होइनन्, आवाज उठाइरहेका होइनन्, गुरुहर”को समस्या सुन्नुपर्छ, गुरुहरूलाई धम्क्याउने होइन’ भन्दै शिक्षक आन्दोलनलाई समर्थन गरेका थिए ।

तर, अहिले दिनहुँजसो शिक्षकको आन्दोलनमा व्यंग्यात्मक टिप्पणी गरिरहेका छन् । कहिले शिक्षक प्रतिनिधिहरूलाई ‘फेल भएका ५२ प्रतिशतको जिम्मेवारी कसले लिने ’ भन्दै आलोचना गरेका छन् भने कहिले ‘शिक्षकको माग सम्बोधन गर्न सरकार तयार भएकाले सडकमा सुत्नु पर्दैन’ भन्ने टिप्पणी गरिरहेका छन् ।

सोमबार मात्रै प्राध्यापकहरूको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘ऐन नल्याई जान्न भनेका छन् । ऐन लिएर जान यति धेरै मानिस चाहिन्छ र ?

विद्यालय तहको अन्तिम परीक्षा भए पनि शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका हुन् । कतिपय ठाँउमा अहिलेसम्म नतिजा प्रकाशित गर्न बाँकी छ । आन्दोलन सुरु भएको तीन सातासम्म पनि समाधान ननिस्किएपछि अविभावक संघ(संस्थाका प्रतिनिधिहरूले समेत आन्दोलनको स्वरूप परिवर्तन गरेर पठनपाठन चालू गर्ने कोणबाट छलफल गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर