काठमाडौं । शुक्रबार राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ ।
राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन्, भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला गर्नेछन् ।
समाजवादी मोर्चामा रहेका दलहरुले गणतन्त्रको पक्ष र दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएको हो ।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।
अहिले एसईई र अन्य वार्षिक परीक्षा पनि चालिरहेकाले त्यसलाई समेत मध्यनजर गरिएको बताइएको छ ।
कतिपय विद्यालयमा भने एसईई बाहेकका अन्य वार्षिक परीक्षा आजका लागि स्थगित गरिएका छन्
राजावबादीहरुको आन्दोलनमा संसदमा रहेको पाँँचौ ठुलो दल राप्रपाले सक्रिय समर्थन जर्नाएको छ।
समाजवादी मोर्चाले गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल भएको एमालेले जनाएको छ। महासचिव शंकर पोखरेलले बिहीबार सामाजिक सञ्जालमा एक स्टयाटस लेख्दै यस्तो जनाएका हुन् ।
‘राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा गर्दछन्। एक अर्काको आलोचना र विरोध पनि गर्दछन् । जनअभिमतवाट आफुलाई स्थापित गर्ने कोशिस समेत गर्दछन् । तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा वोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन् । इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ । त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो’ पोखरेलले लेखेका छन् ।
यता स्थानीय प्रसानले भने शुक्रवार काठमाडौंमा हुने विभिन्न प्रदर्शनका क्रममा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ ।
पूर्वराजा पक्षीय दुर्गा प्रसाईँहरूले चक्रपथ भित्र प्रवेश नपाउने र समाजवादी मोर्चाका प्रदर्शनकारीले चक्रपथबाहिर निस्कन नपाउने गरी सुरक्षा योजना बनेको प्रहरी स्रोतले जनाएको छ ।
यसका लागि उपत्यकाका विभिन्न भागमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
नेपाल प्रहरीले रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्रै ३ हजार जनशक्ति तैनाथ गर्दैछ । यसबाहेक काठमाडौंमा अवस्थित विभिन्न गण र गुल्मबाट थप ११ सय १६ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी छ ।
प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक कार्यालयलेृ जनाएको छ।
वैकल्पिक ट्राफिक व्यवस्थापन (डाइभर्सन) का विषयमा शुक्रवार ११ बजेपछि योजना बनाइने भएको उनले बताए ।
दुबै किसिमका प्रदर्शनलाई दृष्टिगत गर्दै उपत्यकाका विभिन्न स्थानमा बिहान १० बजेबाटै सुरक्षा जनशक्ति परिचालन गरिने भएको छ ।
तपाईको बिचार