काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उज्यालोको नायक कुलमान घिसिङ्ग धेरै नेपालीको मनमुटुमा बस्न सफल भएका ब्यक्ति हुन् । एक समय थियो अध्यारो रात र प्रचण्ड गर्मीमा १९ घण्टासम्म बर्षौ बर्ष लोडसेडिङ्गको मार खेप्दै नेपालीहरुले कष्टकरपुर्ण जिवन यापन गर्नु परेको थियो ।
त्यो कहाली लाग्दो समयको अन्त्य गरेरका नायक हुन् कुलमान घिसिङ्ग । सरकारले दिएको अवसरलाई सदुप्रयोग गर्दै उनले एउटा ईतिहासमा नाम दर्ज गरेको व्यक्ति हुनु भन्दा कसैको दुईमत नहोला । नायक कुलमानको सम्बोधनमा मेरो यो खुल्ला पत्र सहित केही सुझाव दिन चाहान्छु । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पद लोकसेवा पास गरेर पाउने पद होईन् ।
यो सरकारले दरखास्त आवाह्न गरेर वा सक्षम ब्यक्तिलाई चुनेर नियुक्त गर्ने पद हो । त्यही प्रक्रियाबाट कुलमानले केही गरेर देखाउने अवसर पाएका थिए र देखाए । नेपाल सरकारले गरेको नियुक्तिबाट पदमा रहनु भयो । २ कार्यकालको करिब ८ बर्ष सेवा गर्नु भयो । दोस्रो कार्यकालको ३/४ महिना बाँकी रहदाँ सरकारले बर्खास्त गर्यो बाँकी केही महिनाको कार्यकाल पूरा गर्ने अवसर पाउनु भएन ।
त्यहीँ पदमा बस्न पाऔं भनेर अदालत जानू भएको छ । कानुनी कठघराले पक्कै निर्णय त दिन्छ नै । त्यसपछि न्याय पाउनु हुनेछ । तर नाई मलाई त्यहीँ पद चाहिन्छ भन्ने भास्य खडा गरेर पदको लागि लिप्त भए जसो गरि फेरि त्यहीँ पद खोजेर बस्नु भन्दा पनि नयाँ तरिकाले नयाँ सोच बोकेर अगाडी बढ्नुस् । कुलमानको नाममा राजनीतिक गर्ने धेरै छन् । कसैको लागि प्रयोग न बन्नुस् ।
विकल्प र अवसर धेरै छन्, हुन्छ ।
कुलमान सक्षम छ देशको लागि चाहिने मान्छे हो भन्ने जनमत लाई कसरी सदुपयोग गर्न सकिन्छ त्यो सिराबाट सोच्नु उपयुक्त हुन्छ । जनमतको कदर गर्न २०८४ होला । महाबिर पुन, डाक्टर सन्दूक रुइत जस्तो अन्य धेरै ब्यक्तिले आफ्नो क्षेत्रमा दिएका छन् जनताको मन मुटुमा बस्न सफल छन् ।
सक्षम ब्यक्तिको लागि देश र जनताको सेवा गर्न पद होइन मन देखि लागे उपाय र बाटाहरु धेरै छन् । जुध्ने र जुधाउने खेलले न देश लाई फाइदा पुग्छ न ब्याक्तित्व लाई फाइदा पुग्छ । जनताले बुझ्न जरुरी छ । कसैलाई देवत्व गरेर उसको क्षमता एउटा पदको सिमित घेरामा रहने गरि भन्दा पनि नयाँ सोचको साथ फरक र यो भन्दा बढी गर्ने गरि बाटो तय गरोस् भन्ने सोच्नु उपयुक्त होला कि? सिमित ठाँउको जनताले होईन तपाईलाई देशभरको जनताले कार्यकारी पदमा रहेर काम गरोस् तपाईलाई अंकुश लगाउने अरु कोही नहोस् । भन्ने सोचेका छन् त्यसको मैले जसैगरी तपाई अन्य हजारौं बाटोहरु देख्नु भएको छ होला ।
आफ्नो अनुभवलाई सिमित घेरामा राखेर खुम्चिने भन्दापनि आफ्नो क्षेत्रलाई बृहत बनाउनुस् । आफु प्रति लाग्दै आएका अरोपहरु लाई यो भ्रम छरेको हो भनेर प्रमाणित गर्ने अवसरको रुपमा लिएर नयाँ बाटो तय गर्नुस् । क्षमता भएका ब्यक्तिहरुको लागी देशको सेवा गर्न पद होईन् भिजनले अगाडी बढ्न सकिन्छ ।
तपाईको पदच्यत गर्नेहरु लाई भोलीको दिनमा डण्डा चलाउने ठाँउमा पुग्न सक्नु हुन्छ ।
अरुको लागी प्रयोग भई राख्ने की आफ्नो क्षमता देखाएर अगाडी बढ्ने भन्ने कुरा तपाईको बिबेकले निर्णय गर्दाला तर मेरो बुझाई तपाई जतिको सक्षम मान्छे पदको घेरा भित्र कसैको अंकुशमा बसी राख्नु भन्दा त्यो दलदलबाट बाहिर निस्किनुस् र आफ्नो क्षमता देखाएर तपाई माथी कारवाहीको डण्डा चलाउनेलाई भोली आफै कारवाही गर्ने ठाँउमा पुग्नुस् । मेरो ब्यक्तिगत बिचार सँगै उज्यालोको नायक कुलमान घिसिङ्गलाई आउँदो दिनको लागी नयाँ सोचको साथ अगाडी बढ्न सुभकामना ।
तपाईको बिचार