नेपालको प्रजातान्त्रिक इतिहाँसमा लखन थापा बिद्रोह ,मकैको खेती, नेपाल प्रजापरिषदको गठन, नेपाली राष्ट्रिय कांग्रेस, नेपाल प्रजातन्त्र कांग्रेस,हुदै नेपाली कांग्रेसको गठन भएको हो । पछि उदार पूजिबादी प्रजातान्त्रिक पार्टी हरुको नेतृत्वमा देश र जनताको मुक्ति हुदैन भन्ने ठहर सहित काम्ररेड पूस्पलालको पहल, तथा नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन भयो । तत्कालिन नेकपाका सम्मेलन, महाधिबेशनहरु २००८, २०१०, २०१४, २०१९ सालमा पहिलो दोश्रो तेस्रो महाधिबेशन भए । कामरेड पुस्पलालको नेतृत्वमा नेकपाले नया जनबादी कार्यक्रम पारित गर्नका साथै कम्रेड पुस्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र अनुबाद गर्नुभयो । २०१५ सालको आमचुनाबमा नेकपाका ४ जना उम्मेद्धवारहरुले बिजय प्राप्त गरे भने राणहरुको उत्तराधिकारीको रुपमा गोर्खादलले २४ सिट र नेपाली कांग्रेसले दुईतिहाई बहुमत सहित सरकार बनाउन सफल भयो । तत्कालिन नेपाली कांग्रेस को सरकारको सत्ता को लुछाचुडि, कोशी र गण्डकी जस्ता राष्ट्रहित प्रतिकूलका सम्झौता , तथा जनजिबिकाको सवालमा देखाएको उदाशिनताले ब्याप्त जन असन्तोश लाई आधार मानेर तत्कालिन राजा महेन्द्रले सिमित प्रजातान्त्रिक अधिकार खोसेर दलबिहिन पन्चायती ब्यवस्थाको सुरुवात गरे ।
२०१७ साल पौष १ गते देखी दलबिहिन पन्चायती ब्यवस्थाको सूरुवात संगै दलहरुमाथी प्रतिबन्ध लगाइयो । नेपालमा प्रतिबन्धित दलहरुले भुमिगत गतिबिधिहरु गर्न थाले । भुमिगत गतिबिधिमा पनि दलहरुका आन्तरिक क्रियाकलापहरु त हुन्थेनै । रुसमा रहेका तत्कालिन नेकपा का महासचिव डा केशरजंग रायमाझी ले राजाको कदमको समर्थन गरेपछि नेकपामा भएको बिबाद सतहमा आयो । सोहि समयमा भारतको बिहार को दरभंगामा नेकपाको प्लेनम भयो । जसमा ३ वटा बिचार आए, पुस्पलाल ले ल्याएको बिघटित शंसदको पूर्नस्थापना, मोहनबिक्रम सिंहले ल्याएको संबिधानसभाको चुनाव र तुलसीलाल ले ल्याएको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम मध्य बहुमतले संबिधानसभाको चुनावको कार्यनिति पास भयो । जसले बिबादका बिषयहरु कम भएनन् ।
२०१९ सालमा तेस्रो महाधिबेशन भयो, राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास भयो, तुलसीलाल आमात्य महासचिव भए तर नेकपाका बिबाद यथावत रुपमा रहे । २०१९ सालको तेस्रो महाधिबेशन पछि नेकपा भित्र बेठक बस्न नसक्ने अवस्था आयो । तेहि समय देखि नेकपा भित्र पूनर्गठनको लागी तयारी चल्न थाल्यो । क पूस्पलाल ले २०२५ साल जेठमा छरिएर रहेका कम्युनिस्टहरुलाई समेट्न प्रयास गर्दै तेश्रो सम्मेलनको आयोजना गर्नुभयो र नेकपा को पूनर्गठन गर्नुभयो, महासचिवमा सम्मेलनले पूस्पलाललाई चुन्यो । २०२७ सालमा तत्कालिन नेकपाको पूर्वकोशी प्रन्तिय कमिटि अन्तरर्गत झापा जिल्ला कमिटिको पहलमा युवाहरु लाई एकजुट बनाउने कामको सूरुवात भयो । अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन केन्द्र को गठन भयो, जसलाई कोके भनिन्थ्यो । २०२९ सालदेखि चिनको शाष्किृतिक क्रान्ति र भारतको नक्शलबाडी मा चारु मजुम्दारको नेतृत्वमा भएको बर्ग शत्रु सफाया आन्दोलनको प्रभावमा नेपालमा पनि One Aria, One Action, one unite, one squad को कार्यनितिले युवाहरुमा प्रभाव पार्यो र देश भरका युवा कम्युनिष्ट हरु सहभागी भए ।
२०३२ साल सम्म त्यो समूहले ठुलो रुप लिईसकेको थियो भने त्यस संग चित्त नबुभ्mने हरुले केन्द्रिय न्युक्लियस गठन गरे र त्यसलाई ब्यबस्थित गर्दै मोहन बिक्रम सिंह, निर्मल लामा हरु लगायत भएर छरिएर रहेका कम्युनिष्ट हरुलाई एकताबद्ध गर्दै चौथो महाधिबेशन गरे, उक्त समूहको नामै चौम रहन गयो, जसको महासचिवमा मोहनबिक्रम सिंह छानिनु भयो । २०३५ साल पौषमा मावत्सेतुंङ्ग को जन्मदिन पारेर कोके को आयोजनामा तत्कालिन अवस्थामा छरिएर रहेका युवा त्रान्तिकारी ब्यक्ति र समूह हरुको सम्म्ोलन को आयोजना गरियो जुन सम्मेलन मा क सि पी मैनाली महासचिव छानिनुभयो ।
यसरी नेपालमा कम्युनिष्टहरुको बिघटन र एकिकरण को कामले पन्चायत कालमा भुमिगत अवस्थामा पनि निरन्तर रह्यो । यद्यपी तत्कालिन समयमा नेतृत्वमाथि बहुमतको बलमा अबैधानिक ढंगले कू नभएको हैन, २००९ सालमा क. पुस्पलाल लाई धनुषामा भएको पोलिटब्युरो बैठकले कू गर्यो र मनमोहन अधिकारीलाई महासचिव बनायो भने, २०३९ सालमा नेकपा माले को महासचिव बाट क. सिपी मैनाली लाई कू गरेर झलनाथ खनाल लाइ महासचिव बनाईयो । त्यस्तै मोहन बिक्रम सिंहलाई पनि महासचिव हुदाहुदै कार्वाहि गरेको छ । यद्यपी उनिमाथी भने गम्भिर आरोपहरु थिए ।
प्रभाव
पन्चायत कालभरी खासगरी नेपालका कम्युनिष्ट हरुको त्याग र बलिदानको सिमानै रहेन । हर्रेबर्रे संघर्ष, झापा संभर्ष जस्ता संघर्षहरु भए । बलिदानीको हिसावमा पिस्कर, छिन्ताङ्ग, झापा जस्ता बलिदानी संघर्षहरु भए । नेताहरु को जेलजिवन १५÷२० वर्ष भयो । क. सि पी मैनालीको नेतृत्वमा एउटा टिम त जेल भित्र सुरुङ्ग खनेर जनता संग गएको इतिहाँस ताजा छ । तर त िइतिहाँस इतिहाँसको रुपमा मात्र रह्यो । नेताहरु अकुत सम्पती कमाउने, बिलासी हूने मात्र हैन कार्यकर्ताहरु दाश र आफु मालिक को ब्यवहार गर्न थाले । एति सम्मकी चुनावमा टिकट, राजनैतिक नियुक्ति, राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाको समानुपातिक उम्मेद्धवार र पार्टी पोर्टफोलियो सम्मको लागी आर्थिक लेनदेन प्रष्ट देखियो । आफु संगै काम गरेका, दुख पाएका साथिहरु प्रति घृणात्मक तरिकाले हेरी अपमान गर्ने काम भईरहेको छ । राजनैतिक सहकर्मीहरु प्रतिको ब्यवहार त्यस्तो भयो जनता र देश प्रति प्रगतीशील सुधारका काम गर्न सके त हुने, त्यो पनि छैन, देश आर्थिक रुपले कमजोर हुदै गइरहेको छ , सामाजिक रुपमा जातिय, क्षत्रिय, लिङ्गिय , धार्मिक सहित प्रतिक्रान्तिकारी द्धन्दात्मक अवस्थामा गएको छ । देशाका अधिकांश जमिन बाँझो भएको छ, युवाहरु देश छाडेर बिदेश जाने लर्को छ , यो देशमा बसेर केहि गर्न सकिदैन, काम गर्ने माहोल नै छेन भन्ने भाश्य निर्माण भएको छ ।, रेमिटेन्सको भरमा मूलूक चल्नुपर्ने अवस्था आएको छ । यी नकारत्मकता हरु र मूलूकलाई अधोगती हुन बाट रोक्ने र प्रगतीशील बाटो तिर लाने खालका न कार्यक्रम छन्, न भएका कार्यक्रमहरुलाई कार्यन्वयन गर्ने इच्छाशक्ति वर्तमान नेतृत्व संग छ । फलस्वरुप जनतामा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको छ र बिभिन्न अराजक असरहरु देखिएका छन ।
असरहरु
समाजमा भ्रष्टाचार बढेको छ , माथिनै भनियो राजनैतिक पार्टी भित्र आन्तिरिक देखी बिकास निर्माणका काममा ठेक्का लगाउने, गाडि तथा अन्य सामाग्री खरिद, सर्मचारी सरुवा, बढुवा, स्थापना, नियूक्ति ( राजनैतिक तथा करार, ज्यालादारी ) बिभिन्न सरकारी तथा कतिपय निजि ठाउमा जनताको काम गर्ने बेला, आदी जस्ता कुरामा स्थानिय तह देखी संघिय संरचना सम्म भ्रष्टाचार र कमिशन तन्त्र संस्थागत नै हुन थालेको छ । फलस्वरुप सामाजिक सन्जालमा अराजकता, जातिय, क्षत्रियंं नारा सहित संगठित अराजकता, युवा वर्गले आप्mनो देशमा कुनै अवसर नदेख्नु, देशलाइनै सत्तो सराप गर्नु, तिनै युवावर्ग सामाजिक सन्जालमा बढि सकृय रहदै समाजमा ब्यापक निराशा बांड्नु, अनि निराशामा रहेका जनताहरु पनि तावा बाट उम्कििएर भुग्रो (ट्यापे, र्यापे, चिप्ले, ठगु, हत्यारा ) मा पर्नु आदी बिकृत रुप देखिएका छन्, यी बिकृतिहरु आउनुको मूल दोशी भनेका अहिलेको राजनैतिक नेतृत्व तथा चाकडीबाज कमृचारी तन्त्र नै हो, यो नेतृत्व अहिले पनि गल्ति महसुश गरेर सच्याउन तयार छैन । एदि गल्ति न सच्याँउने हो भने यीनिहरुको सत्ता त जान्छनै मूलूकको भबिश्य पनि अन्धकारमय हुन्छ, मूलूक प्रतिगमन तिर फर्कने निष्चित छ ।
सम्भावना र चुनौतीहरु
गल्ति सच्याउने हो भने निम्न कामहरु तुरुन्तै गर्नुपर्दछ । स्वतन्त्र शक्तिशाली आयोग गठन गरी त्यसको सिफारिश अनुसार देशमा ब्याप्त सबै किसिमका भ्रष्टाचारहरुलाई निमिट्यान्न पार्न मूल नेतृत्व बाट जनता बाट छर्लंग देखिने गरी कार्यन्वयन गर्ने, कानुन अपूग छन् भने कानुन बनाई सबै किसिमका कर्मचारी तन्त्र देखी स्थानिय तह, प्रदेश र संघको राजनैतिक लाभको पद लिएको नेतृत्व सबै मार्फत कार्यन्वयन गर्ने गराउने, अटेर गर्नेलाई कडा कार्वाहि गर्ने ।
राजनैतिक लाभको पदमा पुगेका राजनैतिक नेतृत्व तथा सरकारी जागिर खाएका जागिरदार तथा गैर सरकारी संस्थाका सन्चालक सबैको सम्पति छानबिन गरी गलत तरिकाले आर्जन गरिएको भए जप्mत गर्ने । निजि ठेकदार, सबै किसिमका दलाल कम्पनिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु ,उद्योगी ब्यवशायीहरु, निजि अस्पताल तथा शैक्षिक शंस्थाहरु आदी सबै संग पूरस्कार तथा दण्डको निति सहित कडाइ बर्तने ।
गाउँ खासगरी पहाड पूरै खाली भएका छन्, त्याँहा को हावा पानी माटो सुहाँउदो बाली तथा अन्य उद्योग को लागी कानुन ( गाँजा, रक्सि समेत ), अनुदान सहित कार्यन्वयन गर्ने । कम्तिमा स्नाकोत्तर सम्मको लागी बिद्यार्धी भिषा रोक्ने, जसले नेपालको सम्पति बाहिरिन बाट बच्छ र बिदेशमा बस्नेले नेपालको सम्पति बेचबिखन गरेर बाहिर लैजान नपाउने आदी काम पहिलो चरणमा गर्न सकिन्छ । सरकारी खर्चमा मितब्ययीता, बिजुली बाट चल्ने चुलो तथा गाडीलाइ प्राथमिकता, सार्वजानिक गाडी हरुमा सानालाई भन्दा ठुलालाइृ प्राथमिकता, सरकारी सेवासुबिधा लिनेले त्यो लिनेअबधि भरी सरकारी शैक्षिक शंस्था, तथा सरकारी स्वास्थ्य शंस्था , सरकारी यातायातद अनिवार्य उपयोग गरिनुपर्ने, खाली भएका जमिनको उपयोगको लागी ठाँउ, माटो अनुसारको दक्ष प्राबिधिकको सिफारिषमा बाली, फलफुल जन्य, तथा काठजन्य बनस्पती आबश्यकता अनुसार राज्यको अनुदानमा गरिनुपर्ने , उत्पादित सामाग्रीको बजार ब्यवस्थापन राज्यको सहजिकरणमा गरिनुपर्ने तेसो गर्दापनि जमिन बाँझो राख्ने रहे भने उनिहरुको जमिन कानुन बमोजिम जप्mत गरिनुपर्ने । करको दायराको हकमा पनि उत्पादनमूलक काममा कम कर र ब्यवशायीक र नाफामूलक कामको लागी बढि कर लगाउनुपर्ने , आदी काम गर्न सकिन्छ ।
के यी काम सहज रुपमा गर्न सकिन्छ ?
सन्सारमा जनपक्षिय काम सहजरुपमा गर्न पाएको उदाहरण छैनन् । ती काम गर्दा, पहिले देखी भ्रष्टाचार गर्ने र राजनैतिक नेतृत्वलाई पनि गर्न उक्साउने नोकरशाही कर्मचारी तन्त्र, शेना तथा पूलिसका माथिल्लो निकायले योजना कार्यन्वयन गर्नको लागी भाँजो हाल्छ । तेति मात्र कहाँ होर राजनिति गरेर नवधनाड्य भएकाहरुले त निति निर्माण तहमानै बिभिन्न बहाना सहित प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बाधा बनाउछन् । कायषर््न्वयन गर्ने क्रममा कर्मचारी प्रशासन बाट पनि गम्भिर समश्या आउन सक्छ । यी नितिहरु कार्यन्वयन गर्ने दौरानमा साना तिना बिद्रोहनै हुन सक्छन् । यी कुरा कार्यन्यन गर्नका लागी पनि मूलतः राजनैतिक नेतृत्वमा नै दृढ इच्छा शक्ति आबश्यक छ । सर्व प्रथम यी अनुकूलका कानुनहरु बनाउने ।
सर्वप्रथम कानुन अनुसार श्वेच्छिक रुपमा कार्यन्वयनको लागी सरकारले आह्वान गर्ने र राजनैतिक नेतृत्वमा भएकाले सुरुवातमै स्वेच्छिक रुपमा कार्यनवयन गर्ने । जव कायषर््न्वयन मा डिले गर्ने ब्यक्ति छ र कानुन लगाउनु पर्यो भने सुरुवात नेतृत्व बाट नै गर्ने । जव सरकारले राम्रा काम गर्न थाल्छ , राजििनतिमा लागेका इमान्दार कार्यकर्ताहरु र जनताहरुको गर्वले शीर उच्च राख्दै सरकारको पक्षमा जोडार ढंगले वकालत गर्नेछन् र आबश्यक पर्यो भने जस्ता सुकै आन्दोलन गर्नेछन् । एदि यी र यस्ता काम नगर्नैहो भने अब नेतृत्वको भनाईलाई मात्र कसैले पत्याउदैनन् न त तपाइले भन्ने गरेको पूनर्उत्थानबादी बिरुद्ध नै आउछन् । एकातिर कठिनाई छ तर देश र जनताको उज्जल भबिश्य छ, र नेतृत्वको पनि यो उत्तर्रार्धको समयमा धेरै मलामी पाउने छन् भने अर्को तिर हालका गतिबिधिहरुलाई न सच्याए देश र जनताको भबिश्य अन्यौल, अराजकताको बृद्धि, अन्र्तराष्ट्रिय शक्तिहरको क्रिडास्थल असफल राष्ट्र र अन्तमा तपाईहरुले देशै छाडेर भाग्नुपर्ने अवस्था आउन सक्छ कुन रोज्ने बल तपाई नेतृत्वको खलितमा छ, चेतना भया ।
तपाईको बिचार