
नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालय बल्खुमा दैनिक हजारौँ विद्यार्थीले विभिन्न बहानामा दुःख पाउने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त र सामुदायिक क्याम्पस गरी हजार बढी क्याम्पसमा अध्ययन गरी
कुनै न कुनै तह उतिर्ण गरेपछि प्र्रमाणपत्र लिनका लागि पनिका बल्खुमा आउनुको विकल्प छैन ।
मुलक पुर्वको तापलेजुङ देखि पश्चिमको दार्चुलासम्म, उत्तरको हुम्लादेखि तराईको रौतहटसम्म ७७ जिल्लाका विद्यार्थीहरु परिक्षा नियन्त्रण कार्यालय बल्खुमा बिहान ९ बजेदेखि नै कतिखेर गेट खुल्ला भित्र जानपाईएला भनेर गेटमा झुम्एिका हुन्छन् । र लाइनमा गेटबाट भित्र गएपछिको पहिलो काम आवश्यक प्रमाण्का लागि रसिेप्सनबाट फारम लिनु र बैकमा लाइन लाग्नु हो । त्यो लाइन यति उदेक लाग्दो हुन्छकी कतै राहत बाँडिरहेको छ र सित्ैमा पाउम लाम जागेजस्तै देखिन्छ तर त्यस्तो नभएर आपूmलाई आवश्यक प्राणपत्र निकाल्न रकम तिर्नैको लाइन हो । बैंकमा रकम तिर्नका लागि लागि नेपाल बैंक लिमिटेड र ग्लोबल आइएमइ बैंकको कीर्तिपुर शाखाको एक्टेन्सन काउण्टर राखिएको छ । पनिका बल्खुमा सेवा लिन जाने विद्यार्थीले त्यही काउण्टरमा बाहेक अन्त रकम जम्मा गरेको भौचर काम लाग्दैन । त्यसैले पनि विद्यार्थीहरु भिड बल्खुमा नै लाग्ने गरेको हो ।
प्निका बल्खुले दिने सेवाहरुमा टान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल सर्टिफिकेट, स्थायी प्रमाणपत्र, परिक्षा फारम, रजिष्ट्रेशन दर्ता, विषय परिवर्तन, विषय कायम, रजिष्टेसन कार्ड प्रतिलिपि, मार्क सिट प्रतिलिपि, सिम्बल नम्बर हेर्ने, बिग्रेका रजिष्टेसन नम्बर र नाम सच्याउँने लगायतका विद्यार्थीका अध्ययन र प्रमाणपत्रसँग सम्बन्धित सेवा दिने गरिन्छ ।
मथि उल्लेखित सेवा लिनका लागि बैँकमा रकम जम्मा गरिसकेपछि त्रिविका मानविकी, शिक्षा शास्त्र, कानुन, विज्ञान, व्यवस्थापन लगायत १२–१३ विभिन्न शंकाय अन्तर्गत आ–आफ्नो विभागमा सेवा लिन निवेदन पेश गर्ने गरिन्छ । निवेदन पेश गरेपश्चात सबै वर्षहरु पास गरेको मार्कसिट आवश्यक पर्छ । मार्कसिटमा केही पनि गलत छैनभने निश्चित १०–१५ दिनमा टान्सक्रिप्ट लिन आउनु भनेर भनिन्छ ।
मार्कसिटमा गलत हुने भनेको या नाम बिग्रनु, राष्टिेशन बिग्रिनु वा नहुनु पहिला पास गरेको विषय फेरी पास गर्न, पुरै सिम्बल नम्बर नहुने, पुरै मार्कसिट नहुने लगायतका समस्या रहेका हुन्छन् । ती समस्यालाई निराकरण गर्नका लागि सिम्बल नम्बर हेर्नका लागि प्रति खण्डको रु ५० को राजश्व तिरेर हेर्न सकिन्छ । सिम्बल नम्बर हेरेपछि मार्कसिट निकाल्न प्रति सिम्बल नम्बर रु १२५ का दरले मार्कसिटको प्रतिलिपि निकाल्ने व्यवस्था छ ।
अब समस्या कहाँ भयोभन्दा एक विद्यार्थीको दार्चुला र हुम्लाबाट आएको छ वा काठमाडौँमा भएका आफन्तलाई गुहारेको छ, मार्कसिट नभइ नहुने छ, त्यतिबेला त्यो संकायको फाँटको हाकिमले क्याम्पसको सिफारिस वा सक्कल प्रवेशपत्र ल्याउ भनेर विद्यार्थीलाई अनावश्यक रुपमा गोरु चुट्ने हलो अड्काउने नियतबस दुःख दिने गरेको छ ।
यस्तैमा व्यवस्थापन शंकायमा मार्कसिटमा प्रतिलिपि लिन आएका एक जना विद्यार्थीले नाम नबताउँने शर्तमा भने आफुलाई अहिलेको मौका परिक्षा खुलाएकाले फारम भर्नका लागि मार्कसिट आवश्यक भएकाले क्याम्पसको सिफारिस नल्याईकन नमिल्ने भन्दा मैले क्याम्पसको सिफारिस ल्याएर अहिले पेश गर्दैछु भने ।
त्यस्तै नाम नबताउने सर्तमा व्यवस्थापन संकायकै एक जना विद्यार्थीको दोहोरो क्याम्पसमा भर्ना भएर पछिल्लो क्याम्पसमा पास भएको अघिल्लो क्याम्पसमा उतीर्ण नभएको हुँदा टान्सक्रिप्ट बनाउँदा अघिल्लो क्याम्पसको अध्ययन गरेको सम्पूर्ण मार्कसिट रद्ध गरी पछिल्लो क्याम्पसको मार्कसिट कायम गरी टान्सक्रिप्ट जारी गर्नलाई प्रवेशपत्र वा क्याम्पसको चिठी चाहिन्छ भनि व्यवस्थापन शंकायका कार्यालय प्रमुख दिपक खनालले मार्कसिटको निवेदनमा तोक लगाएको फेला परेको छ । त्यस्तै मानविकी संकायको मौका परिक्षाकै फारम भर्ने क्रममा मार्कसिटको प्रतिलिपि आवश्यक पर्दा उक्त संकायका प्रतिनिधिले क्याम्पस सिफारिस र प्रवेशपत्र आवश्यक भनि निवेदनमै लेखिदिएका छन् ।
यस त्रिवि पनिकामा पाइला पिच्छे यस्ता विद्यार्थीलाई सताइने समस्याहरु क्र्मचारीहरुले खडा गरेका छन् । त्यहाँ नियुक्त भएका पदाधिकारीमा त्रिविका रजिष्टार परिक्षा समितिका संयोजक हुने व्यवस्था रहेको छ । पनिका बल्खुमा परिक्षा नियन्त्रक, सहपरिक्षा नियन्त्रक र क्षेत्रगत रुपमा क्षेत्रीय कार्यालय रहेका छन् । क्षेत्रीय कार्यालयमा सुदूरको अत्तरिया, तत्कालिन मध्यपश्चिमको कोहोलपुर, पच्चिमाञ्चलको पोखरा, पूवाञ्चलको बिराटनगर, मध्यमाञ्चलको जनकपुरमा सहपरिक्षा नियन्त्रकको मातहतमा रहेका छन् । क्षेत्रमा क्षेत्रीय कार्यालयहरु हुँदाहुदै मुलुकभरीका परिक्षाका उत्तरपुस्तिका पनिका बल्खुमा नै ल्याउने गरेको छ ।
पनिका बल्खुले कतिसम्म बदमासी गरेको इतिहास छ भने केहीवर्ष अगाडी रु. चार लाखमा कोइराला थरका एकजना विद्यार्थीलाई गोल्ड मेडल बिक्री समेत गरिएको इतिहास छ । उक्त गोल्ड मेडलको विषयमा समाचारमार्फत बाहिर आएपछि खारेजी समेत भएको छ । त्यस्तै कुनै राम्रो लेखेको विद्यार्थीको उत्तरपुस्तिका आफ्नो आफन्त अनुतीर्ण हुने कुनै विद्यार्थीको उत्तरपुस्तिकामा साँटेर उतिर्णलाई अनुतीर्ण र अनुतीर्णलाई उतिर्ण बनाउनका लागि तयार गरिएको उत्तरपुस्तिका एक कर्मचारीका टेबुलको घर्रामा भेटिएपछि अख्तियारको टोलीले रंगेहात समातेर उनलाई कारबाही गरेको इतिहास रहेको छ ।
त्रिवि पनिकाको सबैभन्द्या नाटकीय, गैह्रजिम्मेवार खेल २०७८ सालको शिक्षा शास्त्रको नतिजा पर्खिरहेका विद्यार्थीहरु नतिजा आउनुको सट्टा पुनः परिक्षा दिनुपर्ने खबरले विद्यार्थीहरु निकै मर्माहित हुनुपरेको छ । पुनः परिक्षा दिनुको कारण केही क्याम्पसको शिक्षाशास्त्र शंकायका विद्यार्थीको उत्तरपुस्तिका हराउनु हो ।
पनिकिा बल्खुले नै उत्तरपुस्तिका हराएपछि त आफ्नो कमजोरी लुकाउनलाई परिक्षा दिएका सबै विद्यार्थीलाई उतिर्ण गराउनुपर्छ कि सबै विद्यार्थीलाई परिक्षा दिन लाउनुपर्छ ?विद्यार्थीको भविष्यसँग जोडिएको परिक्षा जस्तो विषयको उत्तरपुस्तिका हरायो, फेरी परिक्षा दिन आऊ भन्नु हेलचेक्रयाई र लापरबाहीको हद हैन र ?
त्यस्तै नतिजा प्रकाशनपछि धेरैको नतिजामा चित्त बुझ्दैन, चित्त नबुझेपछि विकल्प भनेको रिटोटलिङ नामको एउटा विधि छ, प्रति विषय रु २०० का दरले ३५ दिनभित्र निवेदन दिने । त्यसको नतिजा परिक्षा फारम खुलिसकेको हुन्छ, नतिजा निकालेको हँदैन । जसलाई रिटोटलिङको नतिजा पनि चित्त बुझ्दैन उसलाई प्रति विषय रु ३००० तिरेर उत्तर पुस्तिका हेर्ने सुबिधा छ तर आम विद्यार्थीले यो तीन हजार रकम तिरेर आफ्नो उत्तर पुस्तिका हेर्न सक्दैन, उसले जे नतिजा आएको त्यसैमा चित्त बुझाएर बस्नु पर्दछ ।
रिटोटलिङकै सन्दर्भमा अर्को कुरा जोडौँ, जसले रिटोटलिङ दिए उनको परिवर्तन भएर त आएकै छ, यसको मतलव त्रिविले सही तरिकाले उत्तर पुस्तिका जाँच्दैन भन्ने प्रष्टै । उत्तर पुस्तिकामा आएको अंक सही ढंगले गणना गरिएर राखेको छैन भन्ने पनि प्रष्ट देखाउँछ । नभए तलको यति अंक किन परिवर्तन भएर आए ? यसैले प्रश्न खडा गर्छ, यदि त्रिविका परिक्षा दिने सम्पुर्ण परिक्षार्थीको उत्तरपुस्तिका रिटोटलिङ गर्ने हो भने सबैको अंक परिवर्तन भएर आउने छ । यसले साँच्चै त्रिविलाई हदैसम्मको लापरबाहीले परिक्षकले उत्तर पुस्तिका जाँच्छन् र गणना गर्छन भन्ने प्रश्नचिन्ह खडा गरेको छ । तलको तस्वीरले प्रष्ट पारेको छ ।
त्रिवि पनिका बल्खुको एक जना विद्यार्थीले उत्तर पुस्तिका हेर्न खोजे, पहिला उत्तरपुस्तिका हराएको बहाना गरियो, उनले सम्बन्धित निकायमा उजुरी गरे, पछि उत्तरपुस्तिका भेटियो, उत्तर पुस्तिका भेटिएपछि उक्त विद्यार्थीले त्रिविमाथि पुनरावेदन गरे, तत्कालीन रेक्टर शिव भुसाललाई सूचना आयोगले किन सूचना लुकाएको भन्दै कारबाहीको सिफारिस गर्यो ।
त्यस्तै सूचना लुकाएकै आरोपमा वर्तमान परिक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्टिय सुचना आयोगले रु २० हजारको जरिबाना तोकेको थियो । उनले जरिबाना तिरे नतिरेको सार्वजनि भने भएको छैन । माथि उल्लिखित उत्तरपुस्तिका हराएको त्रिविले रेक्टरको संयोजकत्वमा छानविन समिति गठन गर्यो, वर्तमान परिक्षा नियन्त्रक जोशी लगायत केही सहपरिक्षा नियन्त्रक र संलग्न कर्मचारीलाई निलम्वनको सिफारिस गरेको थियो । सत्तासँग नजिक भएका कारण जोशीलाई कारबाही गर्नुको सट्टा स्यावासी र आशिर्वाद दिएर जोगाउने काम भएको छ ।
यी माथिका विभिन्न समस्या प्रतिनिधिमुलक समस्या मात्र हुँन् । यिनलाई निराकरण गर्नका लागि कुलपति, सहकुलपति, उपकुलपति, रेक्टर, विभिन्न संकायमा डिन, विद्यार्थी संघसंगठन, सिनेटर, कार्यकारी परिषद् लगायत सकारात्मक ध्यानाकर्ष हुँन जरुरी रहेको छ । विद्यार्थीलाई विभिन्न बाहानामा नियतबश दुःख दिने कामभन्दा कसरी सहजीकरण गर्न सकिन्छ, त्यतातिर सम्बन्धित सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।
तपाईको बिचार