काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य रामबीर मानन्धरले भ्रष्ट र नैतिक पतन भएका व्यक्तिहरुलाई टिकट दिने हो भने आफू त्यसको विरुद्धमा उभिने बताउनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन क्षेत्र ७ काठमाडौं १६ वडामा चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
प्रमुख अतिथिसमेत रहनुभएका मानन्धरले दशै, तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्ने क्रममा केशब स्थापित भ्रष्ट र नैतिक पतन भएको व्यक्ति भएकाले आफूले महानगरको चुनावमा स्थापितलाई भोट मागेर हिड्न नसकेको प्रष्ट पार्नुभयो ।
मैले केशव स्थापितलाई टिकट दिन हुन्न भनेको हो थिएँ । तर मेरो कुरा सुनिएन । उनी आफ्नो अबसरका लागि कहिले प्रचण्डसँग मित लगाउने, कहिले राजाको पाउँमा पुग्ने र कहिले एमालेलाई सक्काउन अनेक बोल्दै हिड्ने मान्छे हो । यस्तो पत्रु मान्छेलाई टिकट दिएर हुन्छ ? उनले प्रचण्डसँग मित लागाएर प्राधिकरणको अध्यक्ष खाएनन् कि राजको पाउँ समातेर मेयर खाएनन् ? बसपार्क ५० वर्षका लागि बेच्ने केशब नै हो । त्यतिमात्रै होइन मि टू आन्दोलनमा समेत मुछिएका स्थापितलाई टिकट दिनु पार्टी अध्यक्षको पनि ठूलो गल्ति थियो । उहाँको भनाइ थियो ।
त्यसैगरी भ्रष्टचारको विरोध गर्दै नेता मानन्धरले यहाँका वडा अध्यक्षको गतिविधि हेर्दा जेल हाल्नुपर्ने देखिएको दावी गर्नुभयो । बाटोको सिफारिस गर्न जााँदा चार लाख कमिसन मागेको आरोपसमेत लगाउनुभयो ।
काडमाडौं को ७ नम्बर निर्वाचन क्षेत्रबाट भ्रष्टचारले गाँजेको व्यक्तिलाई नेकपा एमालेले टिकट दिन्छ भने आफू त्यसको विरुद्धमा उभिनेसमेत मानन्धरले घोषणा गर्नुभयो । त्यसैगरी उहाँले भन्नुभयो, विचार र सिद्धान्त हार्ने कुरा धेरै गम्भिर कुरा हो । केही व्यक्तिले पार्टीलाई हराउन खोज्दैमा पार्टी हार्दैन । तर विचार र सिद्धान्तमा पार्टी हार्यो भने पार्टीले वास्तवमै हार्छ ।
हिजो राजाले नियुक्ति दिएर वडा अध्यक्ष भएको लक्ष्मीरन्त तुलाधरलाई कस्ले टिकट दियो । पार्टी भने के हो । जितेको ठाउँमा मात्रै टिकट दिने । केशव स्थापितजस्तो भ्रष्ट र अनैतिक व्यक्तिलाई भेट मागेर हिड्न नसिकएकै हो ।
संचालक जीवन मानन्धर संगठित सदस्यहरुलाई एक जुट बनाउने उदेश्य सहित दशै तिहरको शुभकामना कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।