राजधानी प्रेसः
कुनै समय कलाकार क्षेत्रमा लागेको सर्जकहरू पार्टीको आम सभाहरूमा नाच्ने, गाउने र दर्शकलाई रिझाउने गर्थे । तर, कांग्रेस, एमाले र राप्रपाले केही क्षेत्रबाट कलाकार उम्मेदवारका रूपमा सिफारिस गरेका छन् भने केही क्षेत्रमा कलाकर्मी ‘हेभिवेट’उम्मेदवार विरुद्ध नै स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारीमा छन् ।
स्वतन्त्र उम्मेदवार थिए ¥यापर बालेन साह । बालेनले जित्दैन भनेर सोचिरहेका पार्टीका ठूला नेताहरू प्रतिनिधिसभा निर्वाचनमा कलाकारहरू विभिन्न क्षेत्रबाट राजनीतिमा टर्निङ लिदै छन् । कलासँगै राजनीतिक बाटोलाई फराकिलो बनाउँदैछन् ।
झापा ५ बाटकुमार कट्टेल जिग्रीब्रोले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको क्षेत्र हो क्षेत्र नम्बर ५ । ओलीले सातपटक उम्मेदवार भएर पाँचपटक जितेको गौरादहमा एकछत्र राज गरेका थिए ।
सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्व गरिरहेको स्वतन्त्रउम्मेदवारको लौरो अभियान अन्तर्गत नै कुमार उम्मेदवार बन्न लागेका हुन् ।
निर्देशक भाम यतिखेर मुगु छन् । तर, चलचित्र सुटिङका लागि भने होइन् । उनी त निर्वाचनको तयारीका लागि मुगु पुगेको हुन् । भाम प्रतिनिधिसभा निर्वाचनका लागि मुगुबाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएकाछन् । उनी पिछडिएको खस आर्यबाट सिफारिस भएका हुन् । मुगुको छायाँनाथ–रारा नगरपालिका–४ का भामको राजनीति पचासको दशकबाट सुरु भएको थियो ।
२०५० देखि २०५३ सम्म नेविसंघको गाउँ समिति अध्यक्ष भएका भाम २०५४ देखि २०५६ सम्म नेविसंघको जिल्ला महासचिव बनेका थिए । भाम ०७७–०७८ माकांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय सदस्य बनेका थिए ।
चिसो वर्ष फिल्म निर्माणको तयारीमा रहेका भाम कालो पोथी फिल्मका कारण चर्चित छन् । कालो पोथीले भेनिस फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।
कुनै बेला नेकपामा ओवादीका अध्यक्ष प्रचण्डका नजिक रहेर राजनीति यात्रा तय गरेकी थिईन अभिनेत्री रेखा थापाले । अभिनय यात्रालाई विस्तारै कम गर्दै उनले राजनीति यात्रा तय गरेकी थिईन् हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ थापाले क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनावलड्ने घोषणा गरेकी छिन् ।
त्यसैगरी हाँस्य कलाकार मधुसुधन पाठक ‘सिते बा’ काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदावर दिएका छन् । सक्किगोनी’ नामक टेलिश्रृंखलाबाट अभिनय यात्रा सुरु गरेका थिए सिते बाले ।
चलचित्र निर्माता अभिनेता तथा चलचित्र वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष तर्फबाट सिफारिस गरेको छ । उनले भने, ’म पेसागत रुपमा फिल्मकर्मी भए पनि पार्टीमा पहिलादेखि नै राजनीतिमा सक्रिय थिए । पछिल्लो समय चुनाव नजिकिएसँगै पार्टीको लागि जिम्मेवारी बढेको महसुस भइरहेको छ । म फिल्म क्षेत्र र राजनीति दुवैमा निरन्तरता दिनेछु ।’
श्रेष्ठ पार्टीको बागमती प्रदेशको अध्यक्ष समेत रहेकाले उनी यस अघि उपाध्यक्ष् ाथिए । उनले ओम, जंजीर’ जस्ता चलचित्र निर्माण गरेका थिए भने जवाफ, सम्झिदिए पुग्छ, म छु नी तिम्रो, ह्याप्पी न्यु इयूर लगायत फिल्ममा अभिनय गरेका थिए ।
काभ्रे २ स्थायी घर भएका निर्देशक मनोज पण्डित पनि प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । अहिले गाउगाउँमा पुगेर स्थानीय मानिसलाई भेट्ने क्रमलाइ तिब्रता दिएका छन पण्डितले ।
पण्डितले संघीय संसद्को चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुलबाँस्कोटा विरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी स्थानीय निर्वाचनकै वेलादेखि घरदैलो अभियानमा समेत जुटिसकेका छन् । बाँस्कोटाको ७० करोड भ्रष्टाचार गरेको आरोपलाई उनले चुनावी मुख्य एजेन्डा बनाएका छन् ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनलाई ७० करोड भ्रष्टाचारको आरोप लागेको थियो । त्यसपछि पदबाट राजीनामा दिएका उनले एक सार्वजनिक कार्यक्रममा ‘७० करोड मात्रै हो र, ७० अर्ब हान्देको, निजी खाइदिएको हो र ?’ भन्ने अभिव्यक्ति दिएपछि आफू उम्मेदवारी दिने मनसायमा पुगेको निर्देशक पण्डितले बताए ।
‘दासढुंगा’, ‘वधशाला’, ‘द ग्रेटर नेपाल’जस्ता राजनीतिक मुद्दामा फिल्म बनाएर चर्चा बटुलेको थिए ।
गायिका तथा सञ्चारकर्मी कोमल वली मंसिर ४ मा हुने निर्वाचानका लागि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारीमा छिन् । हाल चुनावी प्रचारलाई तिब्रता दिन दाङ पुगेकी थिइनु । २०७४ को चुनावमा समानुपातिक उम्मेदवार बनेकी वली राष्ट्रिय सभा सदस्य भइसकेकी छिन् ।
हाँस्यकलाकार शिवशंकर रिजाल ‘पानवाला’ सर्लाहीबाट प्रदेश सभामा समानुपातिकतर्फको उम्मेदवार सिफारिस भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पपगायक सञ्जय श्रेष्ठलाई काठमाडौंको क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा उठाउने तयारी गरेको छ ।
पहिले नै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका श्रेष्ठ अहिले चुनावी प्रचारमा छन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले पराजय भोग्नु परेको थियो ।