काठमाडौं निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभाको सदस्यका लागि प्रकाश अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । मंसिर चारमा हुने संघ र प्रदेशको निर्वाचनका लागि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
एकीकृत समाजसवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका अधिकारीले आफूले नयाँ योजनासहित उम्मेदवारी दिएको बताउनुभयो । विज्ञान प्रविधिमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने, सामाजिक स्वामित्वको स्थापना गर्न र प्रत्यक्ष प्रजातन्त्रको अभ्यास आजको अपरिहार्य आवश्यकता भएको अधिकारीले जनाउनुभयो ।
अधिकारी हाल कृत्रिम बौद्धिकता ९एआई० मा त्रिभृुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्दै हुनुहुन्छ ।