वैज्ञानिक समाजवको विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना अगाडि सारिएको पुस्तक वैज्ञानिक समाजवादको रोडम्याप छिटै बजारमा आउँदैछ ।
सन् १९९१ मा सोभियत संघको विघटन भएपछि विश्व कम्युनिस्ट आन्दोलनमा संकट आएको थियो । त्यसपछि विश्वभरि त्यसको समाधान खोज्ने प्रयत्नहरु भए । नेपालमा पनि त्यस्ता प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरुमध्ये एउटा थियो– ‘माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान’ को स्थापना । यो प्रतिष्ठान अन्तर्र्गत चार विषयहरुमा व्यापक अध्ययन–अनुसन्धान गरिएको थियो । ती विषयहरु थिए– दर्शन, विज्ञान, इतिहास र माक्र्सवाद ।
ती अध्ययन–अनुसन्धान गरिएका विषयहरुमा लामो समयसम्म कक्षाहरु पनि संचालन गरिएको थियो । ती कक्षाहरुमा सहभागी साथीहरुले व्यवस्थित रुपमा नोटहरु तयार गर्नुभएको थियो । ती अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यहरु र निष्कर्षहरु तथा कक्षाहरुमा सहभागी साथीहरुले तयार गर्नुभएको नोटहरुको आधारमा ‘वैज्ञानिक समाजवादको रोडम्याप’ शीर्षकको पुस्तक तयार गरिएको छ ।
यो पुस्तकले समाजवादको यात्रामा विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना अगाडि सारेको छ । त्यसकारण यसले अब समाजवादको निर्माण गर्नको लागि मार्गदर्शन गर्नसक्छ भन्ने अपेक्षा गरिएको छ ।