आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

603

काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन नागरिक उड्डयन सुरक्षा र व्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउँदै आएको छ । यस बर्ष दिगो विकासका लागि उड्डयनस् संसारलाई जोड्दैु भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।

आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो ।

आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो।आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो ।

भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तर्राष्ट्रिय समुदायले अपनाउँदै गरेको प्रविधि अपनाउन नसक्नु अनि मानवीय त्रुटिका कारणले नेपाली आकाशमा विमान दुर्घटनाका निरन्तर समाचार आइरहन्छन् । कतिपय दुर्घटनाका कारणहरू नियन्त्रण बाहिर हुन्छ भने उड्डयनका आधार तथा नियमहरूलाई आत्मसाथ गर्न सके धेरै दुर्घटनाहरू कमी हुन सक्छ ।

हवाई उड्डयनले संसारलाई एकसुत्रमा बाँधिदिएको छ । एउटा कुनाबाट अर्को कुना खासै पर छैन र त्यससँगै यसका चुनौतीहरू पनि आएका छन् ।

तपाईको बिचार