कालिनाग मावि पूर्वविद्यार्थी समाजको सुनखानीको अध्यक्षमा अनिल शिवाकोटी

595

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–८, सुनखानीस्थित श्री कालिनाग माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजको अध्यक्षमा युवा समाजसेवी अनिल शिवाकोटी सर्वसम्मत चयन हुनुभएको छ।

शनिबार काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ फुडल्याण्डमा सम्पन्न पूर्वविद्यार्थीहरूको भेलाले शिवाकोटीको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा पुनर्गठन गरेको हो।

समाजका निवर्तमान अध्यक्ष सन्तोष पाण्डेको अध्यक्षतामा सम्पन्न भेलाले अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध चयन गरेको पूर्वविद्यार्थीसमेत रहनुभएका नेपाली कांग्रेसका नेता सरोज शिवाकोटीले जानकारी दिनुभयो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद शिवाकोटी, सचिवमा जयन्ती शिवाकोटी, सहसचिवमा आलोक शिवाकोटी र कोषाध्यक्षमा टेकराज शिवाकोटी चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा इन्दिरा शिवाकोटी, कुबेर पाठक, अञ्जु शिवाकोटी (केसी), सुदीप आचार्य, सविन शिवाकोटी, नेत्रबहादुर शिवाकोटी, सविना आचार्य, कृपा श्रेष्ठ, सोमिन बयलकोटी र नवराज शिवाकोटी चयन हुनुभएको छ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जगदीश खरेल, प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. सुधा त्रिपाठी, त्रिभुवन विश्वविद्यालयका रेक्टर रविन्द्र शिवाकोटीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कालिनाग माविमा अध्ययन गरि राज्यका महतवपुर्ण निकायमा प्रतिनिधित्व गर्ने ४ जनालाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा पुर्वमन्त्री एवं ललितपुर बाट निर्वाचित सांसद जगदिश खरेल , दोलखाबाट निर्वाचित अर्का सांसद जगदिश खरेल , प्रा.डा. सुधा त्रिपाठी र स. प्रा. डा. रबिन्द्र शिवाकोटी छन् ।

विद्यालयका पूर्वविद्यार्थीहरूबीच आपसी सम्बन्ध, सहकार्य र एकतालाई थप सुदृढ गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले समाजको नेतृत्व पुनर्गठन गरिएको हो।

तपाईको बिचार

सम्बन्धित खबर