काठमाडौँ, २० जेठ । नेपालका सन्तोष आलेमगर आईवा थ्री स्टार रेफ्री जजको परीक्षामा उतीणए हुन सफल भएका छन् ।
१५ देशका कुल २२ जना सहभागी निर्णायकहरुमध्येबाट नेपालको रेफ्रीको भूमिका उदाहरणीयरहेको कुरा आईवा ईभ्यालुएटर सेडी डफीले निर्णायकहरुकै बीचमा उत्कृष्ट कार्य भनेर सन्तोषले प्रशंसा समेत पाएका थिए । उक्त परीक्षामा नेपालको तर्फबाट आईवा टू स्टार रेफ्री जज तथा पुर्व बक्सिङ खेलाडी सन्तोष आलेमगरले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगितामा आईवा थी स्टारका लागि निर्णायकको परीक्षाका लागि न्यूनतम आवश्यक ५ रेफी तथा १० जजको रुपमा परीक्षामा सहभागी हुनु पर्ने मापदण्ड रहे पनि सन्तोषले जम्मा फाईनल गेम्स सम्मै ९ वटा रेफ्री र ५४ वटा जजको रुपमा भूमीका सफलतापूर्वक निर्वाह गरेका थिए । सन्तोष आलेसंगै नेपालमा जम्मा दुई जना आईबा थ्री स्टार रेफ्री जज पास गर्न सफल भएका छन् ।
यस अघि नेपालमा सन २०१९ मा १८ जना र सन् २०२३ मा ४ जना गरी जम्मा २२ जनाले आईवा वानस्टार रेफ्री जज पास गर्न सफल रहेका छन भने । एक मात्र आईटिओ ईन्टरनेशनल टेक्निकल अफिसियलको रुपमा श्री पुष्कर राज पन्त रहेका छन् भने आइैवा सर्टिफाईड रिंग साईड डाक्टरमा डाक्टर राजु डंजोल महर्जन रहेका छन् । पन्तले आईटिओ पास गरि सकेपछि नेपालमा दुई पटक नेशनल रेफ्री जज सर्टिफिकेशन कोर्षमा जम्मा ६५ जना नेशनल रेफ्री जज तयार भईसकेको कुरा नेपाल बक्सिंग महासंघका महासचिव मान बहादुर भण्डारीले जानकारी गराए ।
तपाईको बिचार