रुसी सेनामा नेपालीलाई भर्ना नगर्न रुसलाई प्रधानमन्त्रीको आग्रह

रुसी सेनामा नेपालीलाई भर्ना नगर्न रुसलाई प्रधानमन्त्रीको आग्रह

631

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न रुस सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीसंग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटमा उनले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई आफ्नो सन्देश सुनाइदिन आग्रह गरेका हुन् ।

जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाएका थिए । यस्तै प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका थिए भने प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे ।

भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

तपाईको बिचार