भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरीयालाई आग्रह गरेका छन् ।
मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएको दक्षिण कोरीयाली रेल कम्पनी कोरेलका प्रतिनिधीहरुसँगको भेटमा उनले रेल सेवाको विकाश र विस्तार नेपाल सरकारको समेत प्राथमिकताको विषय भएकाले लगानीका लागि आग्रह गरेका हुन् ।
नेपाल धार्मीक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न राष्ट्र भएकाले त्यस्ता गन्तव्यहरुलाई लक्षित गरि रेल सेवाको विस्तारमा अध्ययन, अनुसन्धानका लागि समेत मन्त्री दाहालले आग्रह गरे ।
लामो तथा छोटो दुरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाई रहेको उल्लेख गर्दै उनले लगानीका विभिन्न ‘मोडल’ बारे पनि छलफल गर्न सकिने उल्लेख गरे ।
छलफलका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेल मार्ग विस्तार उपयोगी हुने बताए ।
लगानी वोर्डका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरुले विभिन्न मोडलमा अध्ययन गर्ने बताए। केहि दिन भित्रमानै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उनले जानकारी दिए ।
छफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेल मार्ग विकासका लागि विभिन्न साझेदारहरुसँग छलफल भई रहेको बताए ।
कोरीयाली प्रतिनिधी मण्डलको नेतृत्व गर्नु भएको कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १ सय २६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेल मार्गको विकास र विस्तारका लागि कार्य गर्दै आएको बताए ।
नेपालमा अध्ययन तथा लगानीका लागि नेपालको लगानी वोर्ड, रेल विभाग तथा कोरेल विच दर्विलो विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उनको भनाई थियो ।
तपाईको बिचार