काठमाडौ । नेकपा एमाले अछामको अध्यक्षमा कमल रावलको पल्लाभारी हुने सम्भावना प्रवल देखिएको छ । जारी ९ औ जिल्ला अधिवेशनमा अध्यक्ष पदका प्रमुख दावेदार समेत रहेका रावल राजनीति एक अब्बल र प्रखर वक्ता हुन् ।
युवा पुस्ताको मुद्दा र आकांक्षा जितेका रावल पछिल्लो समय अछाममा आफ्नो वर्चस्व जमाउन सफल भएका छन् । विध्यार्थी राजनीतिबाट उदाएका रावल दुई पटक नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत भईसकेका छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पाटी महासचिव शंकर पोखरेलको ग्रिन सिङ्गल समेत पाईसकेका रावल आफू पाटीको जिल्ला अध्यक्ष बन्नेमा ढुक्क जस्तै छन् ।
यस्तै, आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई सफल बनाउन र पाटीलाई जिल्ला पहिलो बनाउन आफ्नो उम्मेदवारी रहेको रावलको भनाई छ । जिल्लामा पाटी माथि भईरहेको आक्रमणलाई समेत निस्तेज पार्न पनि आफू अध्यक्ष हुनुपर्ने रावलले बताए । “पाटीको अवको योजना मिसन ८४ हो, त्यो सफल बनाई जिल्लामा पाटीलाई पहिलो बनाउनु छ”, रावलले भने, “अर्को मेरो योजना भनेको जिल्ला र देशभर एमाले माथि भईरहेको आक्रमणलाई काम गरेर निस्तेज पार्नु छ ।”
युवाहरुको प्रतिनिधित्वलाई मजबुत पार्ने र जिल्लामा पाटीलाई मजवुत बनाउन नेतृत्वको खाँचो महसुस गर्दै रावलले अनुभव, संघर्ष र विश्वासको आधारमा आफूले दाबी गरेको बताएका छन्।
रावलको उम्मेदवारीले जिल्ला अधिवेशनमा नयाँ ऊर्जा थपेको छ। सफल नेतृत्व क्षमता, संगठनात्मक अनुभव र युवामैत्री सोच भएका कारण उनको उम्मेदवारीलाई प्रतिनिधिहरुले सकारात्मक रूपमा लिएका छन्। जिल्लाको भावी नेतृत्व सशक्त र कार्यदक्ष बनाउने सम्भावनाका साथ रावलको दाबीलाई प्राथमिकतामा राखेर चर्चा सुरु भएको हो ।
तपाईको बिचार