वार्तामा आउन शिक्षकहरूलाई शिक्षामन्त्रीकाे आग्रह

वार्तामा आउन शिक्षकहरूलाई शिक्षामन्त्रीकाे आग्रह

1019

काठमाडौ  ।आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आग्रह गरेका छन् ।

मन्त्री पन्तले शुक्रबार एक विज्ञप्ति जारी गरि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रेका शिक्षकहरूलाई वार्तामा बाेलाएका हुन् । गत चैत २० गतेदेखि शिक्षकहरुले राजधानीमा आन्दोलन गर्दै आएका छन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।

शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।

तपाईको बिचार