काठमाडौं। हिन्दी सिनेमा दबङ स्टाइलमा स्टन्ट दिने काठमाडौ महानगरपालिकाका प्रहरी प्रमुख एसपी राजु पाण्डेको घटुवा हुने भएको छ। यसका लागि काठमाडौ महानगपालिका कर्मचारी प्रशासनले आवश्यक तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ।
बालेन साह मेयर भएर आएपछि पाण्डेको महानगरमा रजगज चल्दै आएको छ। उनलाई साह प्रति बफादार हुने गरी एसपी भए पनि निमित्त दिएर प्रहरी प्रमुख बनाइएको थियो।
काठमाडौं महानगरपालिको नियमावली अनुसार महानगरपालिका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षकलाई बनाउनु पर्छ ।
पछिल्लो पल्ट पाण्डेले महानगर प्रति भन्दा पनि बालेन शाहको कार्यकर्ताको रूपमा काम गर्दै आएको गुनासो बढेको थियो।
उनलाई बिहीबार आफ्नो कार्यकक्षमा प्रवेश गर्न खोजेका महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँलाई काममा अवरोध पु¥याएको आरोप लाग्ने भएको छ। यही आधारमा महानगर प्रसासशनले उनीमाथि कारबाही अगाडि बढाउने स्रोतले बतायो।
महानगरको नियमावली अनुसार प्रशासकीय अधिकृतले सामान्य र बिशेष कारबाही गर्न सक्छ। यही आधारमा टेकेर उनलाई प्रमुखबाट हटाउने तयारी गरेको स्रोतले बतायो। उनी घटुवा भएपछि अर्का एसपीलाई निमित्त दिएर महानगर प्रहरी प्रमुख बनाइने स्रोतले बतायो।
काठमाडौ महानगरपालिका प्रकरण: एसपी राजु पाण्डेलाई प्रमुखबाट हटाउने तयारी

तपाईको बिचार