प्रलेस कर्णालीकाे तेस्राे अधिवेशन सम्पन्न

प्रलेस कर्णालीकाे तेस्राे अधिवेशन सम्पन्न

  • जगत वाशिष्ठ२०८१ फागुन ३० शुक्रबार १५:१४:३२
667

काठमाडाै ।प्रगतिशील लेखक संघ, नेपाल कर्णाली प्रदेशको तेस्रो सम्मेलन र प्रलेस शाखा सुर्खेतको १५औँ जिल्ला सम्मेलन संयुक्त रुपमा कर्णाली प्रदेशकाे मुख्यालय वीरेन्द्रनगरमा सम्पन्न भएकाे छ ।

फागुन २८ गते  केन्द्रका अध्यक्ष डा.मधुसूदन गिरीकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा बाेल्दै उनले माक्र्सवादी साहित्यकार द्वन्द्वबाट डराउनु नहुने, वैज्ञानिक समाजवादी बाटोमा अघि बढ्नुपर्ने  कुरामा जाेड दिए।

समाज रुपान्तरण गर्ने युवालाई सशक्त बनाउनेतर्फ अग्रगामी सोच राख्नुपर्ने , विकृति विसङ्गति विरुद्ध सबै एकजुट हुनुपर्ने र सृजना पनि त्यस्तै खालको गर्नुपर्ने बताए । त्यस्तै गरी महेन्द्रप्रसाद गिरीले इतिहासमा नाम राख्न असल र जनपक्षीय काम गर्नुपर्ने , समाजको न्यायिक रुपान्तरण हुनुपर्ने, जनताको आवाज र आकाङ्क्क्षा बुझेर मात्रै राजनीति गर्नुपर्ने सिद्धान्त माक्र्सवादी सिद्धान्त भएकोले यसको पालना गर्नु माक्र्सवादीको हो बताए।

त्यस्तै गरी सम्मेलन सफलताको शुभकामना प्रलेस नेपालका पूर्व केन्द्रीय सचिव तथा नेकपा माओवादी पार्टी प्रतिनिधी गणेश भण्डारी, वामविचारक तथा जनमोर्चा पार्टी प्रतिनिधि विष्णु शर्मा प्रलेस नेपालका केन्द्रीय सदस्य डा.दीपक गौतम, भेरी साहित्य समाजका अध्यक्ष थानेश्वर लामिछाने लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए । सम्मेलनको स्वागत जिल्ला सदस्य निरन्जनानाथ योगिले गरेका थिए ।  कार्यक्रमको अध्यक्षता कर्णली प्रदेशका अध्यक्ष युद्धविक्रम शाहीले गरेका थिए भने कार्यक्रको सञ्चालन सुर्खेत जिल्ला अध्यक्ष जागेश्वर नेपालले गरेका थिए ।

सम्मेलनले कर्णाली प्रदेशको समिति पुनः युद्धविक्रम शाहीको नेतृत्वमा २१ सदस्यीय समिति चयन भएको छ । जसको उपाध्यक्ष जागेश्वर नेपाल, महिला उपाध्यक्ष मनीषा चन्द, सचिव हरिलाल महतारा, कोषाध्यक्ष मायाराम न्यौपाने चयन भएका छन् ।

त्यतै गरी प्रलेस नेपाल, शाखा सुर्खेतको १५औँ जिल्ला सम्मेलनले कोकिला सिंहको तेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरिएको छ जसमा उपाध्यक्ष सिद्धबहादुर खड्का, सचिव निरञ्जनायोगि, सहसचिव शोससलजा मल्ल, कोषध्यक्ष सर्जन सिंह चयन भएका छन् । त्यस्तै गरीसदस्यमा हरीबहादुर शाही, लक्ष्मणदेव गिरी, कविता महतारा, भक्तबहादुर सुनार, खड्ग विक र पर्व कार्की सदस्य रहेको ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलन सम्पन्नगर्नका लागि सुर्खेतका पूर्व अध्यक्ष टीकाप्रसाद पोखरेलको संयोजकत्वमा पूर्णबहादुर शाही र नारायणप्रसाद न्यौपाने सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।

 

 

 

तपाईको बिचार