सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेकाे छ : उपप्रधानमन्त्री सिंह

सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेकाे छ : उपप्रधानमन्त्री सिंह

667

बागलुङ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउनुभएकाे छ ।

सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र अरू दललाई समेत मिलाएर बनेकाे सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको भन्दै अहिलेकाे सत्तागठबन्धन स्थिर सरकारकाे जनचाहनाअनुसारनै बनेकाे दाबी गर्नुभयाे ।

राजनीतिक अस्थितरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको बताउनुभयो । सरकारका विषयमा विभिन्न व्यक्तिहरुले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने प्रष्ट पार्नुभयाे ।

त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताउनुभयाे । नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

स्थानीय सरकार जनताको नजिकको सरकार हाे । तीनै तहका सरकार जनताको समस्या समाधान गरि समृद्ध मुलुक निर्माणका लागि बनेको हो,´ उहाँले भन्नुभयाे,`सरकारको स्थायित्व नहुँदा जनतामा निराशा थियो । नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दल मिलेर सरकार बनाएपछि आशा जगाउने काम गरेका छौँ ।´

सिंहले प्राप्त उपलब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको बताउनुभयो ।

तपाईको बिचार