काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नीजि निवास खुमलटारमा बैठक जारी रहेको हो ।
आजको बैठकमा नेताहरूको कार्यविभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ ।
गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे पनि अझै टुंगिएको छैन ।
नेतृ पम्फा भुषालले बैठकमा केन्द्रिय नेताहरूको कार्यबिभाजनको प्रस्ताव गर्दैछिन् ।
तपाईको बिचार