मानव कंकालसहित एकजना पक्राउ

811

विराटनगर । मानव कंकालसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगर–१७ का विनोद रायलाई मानव कंकालसहित आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

बिहान भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गर्दा डिउटीमा खटिएको टोलीले पक्राउ गरेको सीमामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दाहालले बताए ।

उनका अनुसार ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टाको हड्डी बरामद गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर