कोशी सरकारले माघमा लगानी सम्मेलन गर्ने

कोशी सरकारले माघमा लगानी सम्मेलन गर्ने

607

विराटनगर । कोशी प्रदेश सरकारले माघको दोस्रो साता लगानी सम्मेलन गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारले माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने तयारी गरेको हो । लगानी सम्मेलनमा एक खर्ब बराबरको योजनाको सम्झौता गर्ने सरकारले लक्ष्य लिएको छ ।

कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले १० करोड रुपैयाँदेखि ३२ करोड रुपैयाँसम्मका योजनाहरू न्यूनतम १० करोडका योजनाहरू सम्झौता हुने बताए । उनले लगानी सम्मेलनमा ६५ देखि ७० वटासम्म परियोजना सम्मेलनमा प्रस्तुत गर्ने तयारी रहेको बताए ।

उनले भने, ‘ती परियोजनाहरू साढे २ खर्ब बराबरका छन्, जसमा १ खर्बको हाराहारीमा एमओयु गर्ने लक्ष्य छ । उनले भने, ‘कृषि, पर्यटन, उद्योग, ऊर्जा, आइटी र पूर्वाधार क्षेत्रका परियोजनाहरू तय गरिएको बताए । छनौट हुने परियोजनाको बारेमा लगानीकर्तासँग छलफल भइरहेको कोइरालाले जानकारी दिएका छन् ।

तपाईको बिचार