काठमाडौं। नेपाल र चीनका बीचमा विभिन्न ९ बुँदे समझदारीमा हस्ताक्षर भएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिचको दुई पक्षीय वार्तापछि मंगलबार दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न ९ वटा विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । नेपाल र चीनको सम्वन्ध अझ उचाईमा लैजाने अपेक्षा गरीएको छ वार्तामा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको छ ।
खासगरी कनेक्टिभिटी इन्ड्रस्टियल डेभलपमेन्ट इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेशन एग्रिकल्चर ट्रेड टुरिजम इन्भेष्टमेन्ट साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कनेक्सन, गरिबी निवारण लगायतको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ,’ ढकालले भने, ‘यसले नेपाल र चीनको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको भन्ने लागेको छ।’
यी हुन् नेपाल र चीनबीचको समझदारीमा हस्ताक्षर भएका ९ बुँदा
१. टोखा छहरे सुरूङमार्गसम्बन्धी पत्रको आदानप्रदान।
२. नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र ।
३.नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान ।
४ तयारी भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल ।
५ विकास योजना सम्बन्धी समझदारीपत्र ।
६ आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र ।
७ नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान ।
८स्वयमसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र ।
९ नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र ।
तपाईको बिचार