काठमाडौं । प्यालिस्टिनीमाथि इजरायले गरेको बर्बर नरसंहारको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) माओवादी केन्द्र, जनमोर्चा, जसपा नेपाल, नेकपा सहितका दलले ‘प्यालिस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ ले उक्त प्रदर्शनको आयोजना गरेको हो ।
प्रदर्शनकारीहरु विभिन्न नारा अङ्कित प्लेकार्डसहित सहभागी भएका थिए । उनीहरुले गाजामा भइरहेको युद्ध रोक्न समेत आग्रह गरेका छन् ।
र्याली माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै पुनः माइतीघर मण्डलामा आएर कोणसभामा परिणत भएको थियो ।
तपाईको बिचार