‘हिमालयन चितुवा’ नेपालमा

‘हिमालयन चितुवा’ नेपालमा

659

काठमाडौं । किक बक्सिङ च्याम्पियन ‘हिमालयन चितुवा’ ६ वर्षपछि नेपालमा आएका छन् । जापानमा बसेर इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन बनेका अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे अर्थात् ‘हिमालयन चितुवा’ बिहीबार नेपाल आएका हुन् ।

जापानबाट ६ वर्षपछि नेपाल आएका उनलाई त्रिभुवन विमानस्थलमा चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
उनले गत महिना जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा विजयी हुँदै वर्ल्ड च्याम्पियन हुन सफल भएका थिए ।

उनले हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका छन् ।

तपाईको बिचार