एकीकृत समाजवादी काभ्रेको पदाधिकारी बैठक सम्पन्न

एकीकृत समाजवादी काभ्रेको पदाधिकारी बैठक सम्पन्न

123

काभ्रेपलान्चोक। नेकपा (एकीकृत समाजवादी), काभ्रे जिल्ला कमिटीको पदाधिकारी बैठक सम्पन्न भएको छ। मंगलबार काभ्रेको बनेपामा बसेको बैठले गत शुक्रबार र शनिवार भएको अविरल बर्षाका कारण मृत्यु भएका मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार जनहरुमा समवेदना प्रकट गरेको छ।

यस्तै बाढी पहिरोमा परि घाइते भएकाहरुलाई सरकारले निशुल्क र यथासक्य छिटो उपचार गर्नु पर्ने, क्षति भएका विद्दुत ,टेलिफोन , सडक लगायत भौतिक संरचनाको पुर्ननिर्माणमा सरकारले ढिला नगरी सेवा संचालन गर्न माग गरेको छ।

जिल्लामा भएको क्षतिको विवरण संकलन गरि पार्टी पंक्तिलाई राहत र उद्दारमा लाग्न निर्देशन दिनुका साथै जिल्ला स्थित विभिन्न संघ संस्था र सरोकार वाला निकायले आफ्नो जिम्मेवारी बहन गर्ने भनिएको काभ्रे जिल्ला कमिटी सह सचिव हरि गोपाल प्रधानाङ्गले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर