‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा

‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा

91

काठमाण्डौं । नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । अहिलेसम्म दुई करोड २५ लाखभन्दा धेरै पटक हेरिसकिएको छ। मंगलबार यो भिडिओ युट्युब ग्लोबल ट्रेन्डिङको ९४ नम्बरमा थियो।

निश्चल दवाडीको शब्द तथा संगीत रहेको यो गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ । युट्युबले ट्रेन्डिङमा परेका यी १०० गीतलाई पछिल्लो साता प्लाटफर्ममा सबैभन्दा लोकप्रिय गीतको वर्णानुक्रममा रहेको उल्लेख गरेको छ । यो गीत गत जनवरी १८ मा ‘बाबुकृष्ण परियार’ युट्युब च्यानलमा गीत रिलिज भएको थियो ।

गत साता सरकारले टिकटकलाई सर्तसहित फुकुवा गरेपछि भने यतिबेला प्लाटफर्ममा यो गीत भाइरल बनिरहेको छ । यो गीतमाथि थुप्रै भिडियो बनिरहेका छन् । सोहीसँगै रिल्समा समेत यसमाथि भिडियो बनेका छन् ।  गीतको भिडिओमा गायक बाबुकृष्ण र मोडल केपिना गोतामेले अभिनय छ ।

निधारमै टीकी टलक्कै

सुन्तली नानीको मुहार झलक्कै

कश्मिरे पछ्यौरी दार्जलिङको रेल

लाम साइँली पिरती दुई दिन बाँचुञ्जेल ……

 

तपाईको बिचार

सम्बन्धित खबर