नेपाललाई ऐतिहासिक पारालिम्पिक पदक विजेता पलेशालाई पूर्वराजाको बधाई

नेपाललाई ऐतिहासिक पारालिम्पिक पदक विजेता पलेशालाई पूर्वराजाको बधाई

867

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामना दिएका छन् ।

आइतबार पूर्वराजा ज्ञानेन्द्रले पलेशाले ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले खुशी तुल्याएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महसुस गरेका छौं ।’

तपाईको बिचार