जसपा नेपालले चयन गर्यो ३१ सदस्यीय कार्यकारिणी समिति (सूचीसहित)

जसपा नेपालले चयन गर्यो ३१ सदस्यीय कार्यकारिणी समिति (सूचीसहित)

163

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल को पहिलो बैठकले पदाधिकारीहरुको टुँगो लगााएको छ । बैठकले पदाधिकारीसहित ३१ सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ ।

अशोक राई पक्षले पार्टी विभाजन गरेपछि भएको जसपा महाधिवेशनले चयन गर्न नसकेको पदाधिकारी पहिलो बैठकले टुंगो लगाएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवपछिको वरीयतामा रहनेगरी सह अध्यक्ष रकम चेम्जोङ चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्य चयन भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र माओवादी केन्द्र छाडेर जसपामा पुगेका रामकुमार शर्मा महासचिव चयन भएका छन् ।

उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की, रेखा यादव, प्रवक्तामा मनिष कुमार सुमन, सचिवहरुमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा र कमरुद्धीन राई, कोषाध्यक्षमा सुनिताकुमारी साह चयन भएका छन् ।

जसपा-नेपालको-कार्यकारी-निर्णय

तपाईको बिचार

सम्बन्धित खबर