राजेन्द्र कुवर
नेपाली बाम राजनीतिका चर्चित एंब स्थापित नायक डाक्टर भीमबहादुर रावलको अहिले आएर संसद भित्र र बाहिर निकै खोजी हुन थालेको छ । बर्तमान लोकतान्त्रिक प्रणाली माथी चौतर्फी आक्रमण हुदा त्यसको रक्षाका लागि राष्ट्र र राष्ट्रियता बढ्दो महङ्गी नियन्त्रण भ्रष्टाचार न्यूनीकरण संन्तुलित बिकास महिला दलित पिछडिएको क्षेत्रका लागि सशक्त आवज उठाउने गरेका कारणले डाक्टर भीमबहादुर रावलको अहिले खोजी भैरहेको हो ।
बर्तमान सरकारले संबिधान संशोधनको हल्ला चलाउन थाले पछि लोकतान्त्रिक ब्यबस्था माथी नै कहि कतै तलमाथि हुन्छ कि भनेर आशंका गर्ने बौद्धिक जमात र राष्ट्र प्रेमको भावनाले ओतप्रोत ब्याक्तिले डाक्टर भीमबहादुर रावलको खोजी गरिरहेका छन ।
लोकतान्त्रिक संस्कार सहित सरकार ,संसदमा मात्रै होईन पार्टी भित्र सुशासन ,पारदर्शिता र जवाफदेहीताको मुल्य मान्यतालाई स्थापित गराउनका लागि डाक्टर रावलले भुमिकालाई प्रभावकारी बनाउने गरेकाले अहिले चारै तर्फबाट उनको खोजी भैरहेको हो ।
जनताका मुख्य समस्यमा केन्द्रित भएर राष्ट्र राष्ट्रियताका बारेमा कसै संग सम्झौता नगरेर संसद भित्र र बाहिर सु स्पष्ट धारणा राख्ने डाक्टर भीमबहादुर रावल नेकपा (एमाले ) को चितवनमा भएको दशौ महाधिवेशनमा केपि ओलि संग प्रतिस्पर्धा गरेर अध्यक्ष पदमा हारे पछि नेपाली राजनीतिको केन्द्र भाग बाट बाहिरीनु भएको हो ।
नेकपा (एमाले ) मा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेर दोस्रो हुने ब्याक्तीलाई वरिष्ठ नेता बनाउने परम्परा भए पनि ओलिको रिस अबेग उत्तेजनाले गर्दा डाक्टर रावललाई पाखा लगाउनका लागि त्यो विधिलाइ तोड्दै भुमिका बिहिन बनाउने कार्य गरिएको छ । तत्कालीन समयमा नेकपा र पछि नेकपा (एमाले)लाई विधि र पद्धति अनुसार संचालन गर्न गराउनका लागि डाक्टर भीमबहादुर रावलले निकै मेहनत गरेर सशक्त आवज उठाउने काम गरे पनि कम्युनिष्ट चरीत्र बाट च्युत भएका केपि ओलि र उनको भजन मण्डलिले कुरा नसुनेको उनको भनाइ पटकपटक सार्बजनिक भैरहेका छन ।
राष्ट्र,राष्ट्रियताका बारेमा मात्रै होइन जनताका जनजीवनका सवालमा सरकारमा रहादा होस वा सरकार बाहिर रहदा डाक्टर भीमबहादुर रावलले खेलेको भुमिका अहिले पनि राजनीतिकरुपमा आस्था फरक भएकाहरुले अहिले पनि स्मरण गरिरहेका छन ।
नेपाली बाम राजनीतिमा बौद्धिक नेताको रूपमा स्थापित डाक्टर भीमबहादुर रावल नेकपा (एमाले ) भित्र मौलाउदै गएको बिकृती बिसंगतीका विरुद्ध पार्टी कमिटी भित्र सशक्त आवाज उठाउदै आउनु भएको थियोे ।
नेकपा (एमाले ) को नौं महाधिवेशनले पारित गरेका बिधान, राजनीति ,आर्थिक र संगठन परिचालनको बिधि पद्धतिलाई पालना गर्न गराउन जोडदार पार्टी भित्र आफ्ना बिचारलाइ राख्दै आएका डाक्टर रावल त्यसैको सिकार बनेर अहिले पार्टी कामको जिम्मेवारी बाट निकै टाढा हुनुहुन्छ ।
आफू पार्टी भुमिकामा रहदा अन्यायमा परेका नेता कार्याकर्ताको बिचार सुनेर उचित जिम्मेवारी भुमिकाको लागि पहल गर्ने डाक्टर रावल अहिले उनी आफै अन्यायमा पर्दा भने उनका लागि पार्टी भित्र बोली दिने कोहि नभएको तिति सत्य घाम जस्तै छर्लङ्ग छ । करिब २० बर्ष सम्म अछाम जिल्ला बाट प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा स्थापित सफल हुनु भएका डाक्टर रावलले २०७९ को निर्वाचनमा निर्वाचन क्षेत्र र जिल्ला बाट सर्बसम्मत गरेर नाम सिफारिस गर्दा समेत टिकट नपाए पछि उनको संसद प्रवेशमा रोक लागेको हो ।
२०५१ सालमा भएको निर्वाचनमा चुनाव जितेर पहिलो पटक संसद भवन प्रवेश गरेका डाक्टर भीमबहादुर रावल नेकपा (एमाले ) को नौ महिनाको सरकारमा राज्य मन्त्रीको जिम्मेवारी समालेका थिए । त्यस पछि २०५६ सालको निर्वाचनमा गिरिजा प्रसाद कोइरालाको नेतृत्वको सरकारमा मन्त्री हुदा पराजित हुनु परे पनि २०६४ साल देखि २०७४ साल सम्म अछाम जिल्ला बाट प्रतिनिधित्व गर्दै उप प्रधानमन्त्री सहित बनेर कुशलतापुर्बक जिम्मेवारी पूरा गरेर आफ्नो नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको हो ।
सुदुरपश्चिम प्रदेशको अछाम जिल्ला बाट प्रतिनिधित्व गरे पनि डाक्टर भीमबहादुर रावलले संबिधान निर्माण, द्वन्द्व ब्यबस्थापन ,शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुगाउनका साथै देशको चौतर्फी बिकासका लागि निती निर्माणको तहमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको भनेर अहिले बौद्धिक क्षेत्रका ब्याक्तित्वले चर्चा गर्न थालेका छन ।
नेपाली बाम राजनीतिमा डाक्टर भीमबहादुर रावल जतिको बौद्धिक क्षमतावान ब्याक्तित्वलाई भुमिका बिहिन बनाएर राख्दा आम जनता कार्यकर्तामा निराशा फैलिन स्वभाविक हो ।
बागमती नदिमा धेरै पानी बगि सक्यो बदलिँदो राजनीतिले धेरै घुम्ती पार गरि सक्यो फेरि पनि डाक्टर भीमबहादुर रावलले अलमलको राजनीति गर्न थाल्नु भयो भने क्षती बेहोर्नु बाहेक केही छैन डाक्टर रावलका अगाडि । पुनरबिचार गरेर अगाडि बढ्ने वा आफू सहित आफू भन्दा पछाडिको पंक्तिलाई राजनीतिरूपमा समाप्त पार्ने फैसला गर्ने जिम्मेवारी डाक्टर भीमबहादुर रावललाइ ।
तपाईको बिचार