मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

81

काठमाडौँ, २४ फागुन । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् ।

आज बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकबाट मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकिएको हो । उनी यसअघि पनि सरकराको प्रवक्ताको जिम्मेवारीमा थिइन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सीएसडब्ल्यूको ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरिएको जानकारी गराइन् ।

यस्तै अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय पनि भएको छ।  उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी निर्णय भएको छ । सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उनले बताइन् ।

तपाईको बिचार

सम्बन्धित खबर