प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा हुन्छ : परराष्ट्रमन्त्री साउँद

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा हुन्छ : परराष्ट्रमन्त्री साउँद

695

काठमाडौँ, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको बताएका हुन् ।

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए । उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए ।

तपाईको बिचार