धनगढी, १६ असार । धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै मुत्यु भएको हो ।
सार्की छतमा बनाइएको भान्सामा सुतेकी थिइन् । बिहान उठेर तल आउने क्रममा छतबाट लडेको बताइएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईको बिचार