युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकताः प्रधानमन्त्री दाहाल

युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकताः प्रधानमन्त्री दाहाल

198

काठमाडौँ, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताउनुभएको छ ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै उहाँले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै अपेक्षित सफलता हाँसिल गर्नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सिमित हुन नहुने बताउनुभयो । उहाँले सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी रहेको बताउनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर